२०८२ बैशाख २६, १८:१९

रबि लामिछाने भोलि देखि पार्टीको जिम्मेवारीमा फर्कने

काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिको हैसियतमा रबि लामिछाने फर्किने भएका छन् ।भोलि देखि सुरू हुने केन्द्रीय समितिको बैठकमा उनी सभापतिको हैसियतमा फर्किन लागेका हुन्।

कार्यवाहक प्रवक्ता मनिष झाका अनुसार, लामिछानेले सोमबार बस्ने केन्द्रीय समितिको बैठकको सभापतित्व गर्नेछन्। उनले गत पुस ८ गते सम्पत्ति शुद्धीकरण कसुरको अभियोगपत्र दर्तापछि कार्यवाहक सभापति डीपी अर्याललाई जिम्मेवारी सुम्पिएका थिए।

Leave a comment

Your email address will not be published. Required fields are marked *