नेपाल जेसीजको आयोजनामा रक्तदान कार्यक्रम

चारआली । नेपाल जेसीजको ६१ औँ वर्ष तथा नेपाल रेडक्रस सोसाइटीको १६१ औँ दिवसको अवसरमा रक्तदान कार्यक्रम बिहीबार सम्पन्न भएको छ ।
चारआलीस्थित पाउँ पाथीभरा मन्दिर परिषरमा सम्पन्न रक्तदानबाट पुरुष ५० र महिला ११ गरी ६१ जनाबाट रगत संकलन गरिएको थियो ।
नेपाल जेसीज वर्ष २०२५ का राष्ट्रिय उपाध्यक्ष जेसी राघब कोईरालाको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा कोशी प्रदेश सभा सदस्य गोपाल तामाङको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा आस्था पाठ बाहुण्डाँगी जेसीज वर्ष २०२५ अध्यक्ष जेसी नित्यानन्द चम्लागाई, जेसीज मिसन भिजन बाचन सतासिधाम जेसीज वर्ष २०२५ अध्यक्ष जेसी पदमबहादुर कुँवरले गरेका थिए । कार्यक्रममा रेडक्रस सोसाईटी झापा शाखा अध्यक्ष लोकराज ढकाल, नेपाल जेसीजका पुर्व कार्यकारिणि उपाध्यक्ष जेसि कुमार सिंह साँवा लिम्बूले बोलेका थिए ।
कार्यक्रम संयोजक चारआली जेसीज वर्ष २०२५ अध्यक्ष जेसी सुजुप सुवेदीले स्वागत गरको कार्यक्रमको सञ्चालन विरता लेडी जेसीज २०२५ अध्यक्ष निशा शाक्यले गरेकी थिइन् ।
कार्यक्रमको अवसरमा आजसम्म ११८ स्वेच्छिक रक्तदान गर्नुहुने हल्दिवारी ४ झापा निवासी नेत्र बिक्रम बिमलीलाई सम्मान पत्रद्वारा सम्मान गरिएको थियो । कार्यक्रममा इलाम, झापा र मोरङ गरी १६ जेसीज शाखा अध्यक्ष तथा पदाधिकारिको उपस्थिति रहेको थियो ।