खेलकुद महासंघ समाजवादीको उपाध्यक्षमा शंकर थापा निर्वाचित

मेचीनगर । नेकपा (एकीकृत समाजवादी) निकट नेपाल खेलकुद महासंघ समाजवादीको दोस्रो राष्ट्रिय महाधिवेशनबाट उपाध्यक्षमा शंकर थापा निर्वाचित भएका छन् ।
काँकरभिट्टा निवासी थापा लामो समयदेखि खेलकुद क्षेत्रको विकासमा लागि पर्दै आएका छन् । उनी जिल्ला खेलकुद विकास समिति झापाको अध्यक्ष भइसकेका छन् । त्यसबेला झापाको खेलकुद विकासमा ठूलो परिवर्तन ल्याउन थापाको भूमिका देखिएको थियो । खेल र खेलाडीका निम्ति सदैव सकारात्मक सोच राख्ने थापा विभिन्न सामाजिक संघसंस्थामा पनि उत्तिकै कृयाशील छन् ।
काठमाडौंमा सम्पन्न महाधिवेशनले अर्जुनभक्त राईको अध्यक्षमा १०३ सदस्यीय कमिटी सर्वसम्मत चयन हो । वरिष्ठ उपाध्यक्षमा नारायणदास गमाल, उपाध्यक्षमा थापासहित शिवप्रसाद डाँगी, दिपकबहादुर सिंह, ज्ञानेन्द्र तिमल्सेना, रिता कोइराला, गोपाल न्यौपाने, आकाश पटेल निर्वाचित भएका छन् ।
त्यस्तै, महिला उपाध्यक्षमा राधिका ऐर हमाल, महासचिवमा अनिलकुमार रिजाल निर्वाचित भएका छन् । त्यस्तै, उपमहासचिवमा रविन्द्र राई, राम पुडासैनी, उत्तम श्रेष्ठ र प्रविन केसीलाई चयन गरेको अधिवेशनले महिला उपमहासचिवमा रजुला जोशीलाई चयन गरेको छ ।
सचिवमा कैलाश विष्ट, अर्जुन मेचे, मनोजकुमार राई, विवेक अर्याल, किशोर श्रेष्ठ, डिलकुमारी नेपाल, अच्युत बनान निर्वाचित भए । त्यस्तै, महिला सचिवमा रेश्मा केसी र कोषाध्यक्षमा चन्द्रमान डंगोल निर्वाचित भएका छन् ।