२०८२ जेष्ठ ९, ०३:३३
#कोशी #खेलकुद #ब्रेकिङ न्युज

उपाधि होडबाट बाहिरियो बाहुण्डाँगी युवा क्लब, धाइजन फाइनलमा

बाहुण्डाँगी । बाहुण्डाँगी युवा क्लब विद्या विकास एकेडेमी प्रथम बाहुण्डाँगी च्यालेञ्ज कप २०८२ को उपाधि होडबाट बाहिरिएको छ । बिहीबार सम्पन्न खेलमा धाइजन एफसीसँग पराजित हुँदै आयोजक बाहुण्डाँगी सेमिफाइनलबाटै बाहिरिएको हो ।
बाहुण्डाँगी युवा क्लबको आयोजनामा जारी प्रतियोगिताको सेमिफाइनलमा धाइजन एफसीले आयोजकलाई २–०  गोल अन्तरले हराएको हो । फाइनल खेल शनिबार रेडहर्ष इलाम र धाइजन एफसीबीच हुनेछ ।
मेचीनगर–४ स्थित सरस्वती माविको खेलमैदानमा सम्पन्न खेलको ३७ औँ मिनेटमा धाइजन एफसीका आर्यन राईले गोल गर्दै अग्रता दिलाए । त्यसैगरी, धाइजनकै आशिष चापागाईले ७९ औँ मिनेटमा गोल गर्दै अग्रता दोब्बर बनाए । खेलको प्लेयर अफ द म्याच धाइजनका आशिष चापागाई घोषित भए । उनले नगद २ हजारसहित ट्रफी प्राप्त गरे । खेलको प्लेयर अफ द म्याचको रकम सौजन्य निरज बोगटीले गरेका हुन् ।

Leave a comment

Your email address will not be published. Required fields are marked *