निलसरी महोत्सवमा आज नि:शुल्क स्वास्थ्य शिविर

मेचीनगर । “प्रथम निलसरी महोत्सवमा आज निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुँदैछ । आयोजकका अनुसार आज स्थानीयले महोत्सव अवलोकन संगै स्वास्थ्य शिविरमा समेत सहभागी हुन पाउने जनाएको छ ।
मानिसको स्वास्थ्य संवेदनशीलतालाई मध्यनजर गर्दै महोत्सवको दौरान एक दिने निःशुल्क स्वास्थ्य शिविर समेत सञ्चालन गरिएको आयोजक समितिका सचिव सञ्जय मेचेले जानकारी दिए । मेचेका अनुसार आज बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म सञ्चालन हुने स्वास्थ्य शिविरमा स्वास्थ्य जाँचलगायतको सेवा ओम साई पाथीभरा हस्पिटल भद्रपुरको विशेषज्ञ डाक्टरसहितको टोलीद्वारा सेवा उपलब्ध रहेने छ ।
निःशुल्क स्वास्थ्य शिविरमा सम्पूर्ण नगरवासीलाई सहभागी भई आँखा लगायतका स्वास्थ्य जाँच गराइ सेवा लिन आयोजक समितिका अध्यक्ष सुन्दर मेचेले आग्रह समेत गरेका छन् ।