धुलाबारीमा बुद्ध कला घर सञ्चालनमा

मेचीनगर । मेचीनगरको धुलाबारीमा बुद्ध कला घर सञ्चालनमा आएको छ । लामो समयदेखि नृत्य क्षेत्रमा काम गर्दै आएका विक्रम गेलालसहितको टीमले कला घर सञ्चालनमा ल्याएको हो ।
उक्त बुद्ध कला घर धुलाबारी बजारस्थित मेचीनगर साकोसको पछाडि रहेको छ । आइतबार एक कार्यक्रमकाबीच पुराना नृत्य प्रशिक्षक बालकुमार कटुवालले रिवन काटेर उद्घाटन गरेका थिए ।
विद्यार्थी तथा अभिभावकहरुलाई लक्षित गरी बुद्ध कला घर सञ्चालनमा ल्याइएको हो । सञ्चालक गेलाल लामो समयदेखि नृत्य प्रशिक्षकको रुपमा काम गर्दै आएका छन् । मेचीनगर तथा आसपासका विद्यालयमा उनले नृत्य प्रशिक्षण दिँदै आएका हुन् । समयसँगै मानिसको जीवनमा नृत्य आवश्यक रहेको उनले बताए । उद्घाटन कार्यक्रममा शिक्षक, विद्यार्थी, अभिभावक, कलाकार लगायतको उपस्थिति रहेको थियो ।