बडाखालमा शनिवारदेखि वडास्तरीय फुटबल हुँदै

मेचीनगर । स्थानीय खेलाडी उत्पादन गर्ने उदेश्यले मेचीनगर ३ बडाखालमा प्रथम वडा स्तरीय फुटबल प्रतियोगिता आयोजना हुदैछ ।
वडा कार्यालय मेचीनगर ३ को आयोजनामा हुन लागेको प्रतियोगितामा मेचीनगरका १५ वटा वडाहरु सहभागिता हुनेछन । प्रतियोगितामा बिजेता टिमले नगद ४० हजार, ट्रफी र प्रमाण पत्र प्राप्त गर्नेछ भने उपबिजेता टिमले नगद २० हजार ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने वडा खेलकुद सम्योजक तथा प्रतियोगिताका सम्योजक वडा सद्स्य खेम सावाँले बताउनु भयो ।
नव ज्योती निमाबिको खेल मैदानमा हुने प्रतियोगितामा सहभागी हुने वडाले आफ्नै वडाको खेलाडी हुनु पर्ने वडा सचिव मनकुमार पराजुलीले बताउनु भयो । प्रतियोगिता सम्पन्न गर्नका लागि वडा कार्यालयबाट दुई लाख बिनियोजन भएको आयोजक समितिका सचिव राजकुमार रायाले बताउनु भयो । प्रतियोगिताको सबै तयारी पूरा भएको सम्योजक सावाँले बताउनु भयो ।