गायक कमल के क्षेत्रीको छठी गीत सर्बजनिक
युवा पुस्ता माझ लोकप्रिय गायक कमल के क्षेत्रीले छ्ठ पर्वमा भोजपुरी गीत“ छठी माई के गीत गाइ” बुधबार सर्बजनिक गरेका छन् ।
आफ्नै शब्द, संगीत र स्वरमा रहेको उक्त गीतमा छायांकन र सम्पादन दावा साङ्वो लामाले गरेका छन्। यो गीत कमलको भोजपुरी भाषामा पहिलो हो।उक्त गीतमा अभिनय अरुणा भन्डारी, आरसी बरतौला, रिता केसी,आरती रिजाल र सिसम केसीको रहेको छ।
लामो समयदेखि गायक तथा सगीत क्षेत्रमा आवद्ध क्षेत्री विगतमा आई लब यु भन्न सकिन,आई यु टु, जस्ता दर्जनौं चर्चित गितहरु श्रोताहरुलाई दिईसकेका छन्।