बाहुण्डाँगी जेसीजको भित्तेपात्रो विमोचन तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

बाहुण्डाँगी । बाहुण्डाँगी जेसीजको आयोजनामा नयाँ वर्ष २०८२ को अवसरमा भित्तेपात्रो (क्यालेन्डर) विमोचन तथा शुभकामना आदान–प्रदान कार्यक्रम सोमबार सम्पन्न भएको छ ।
संस्थाको सचिवालयमा सम्पन्न भएको कार्यक्रममा मेचीनगर–२ का वडा अध्यक्ष तथा संस्थाका पूर्व अध्यक्ष दीपक बरालको प्रमुख आतिथ्यता रहेको थियो । संस्थाका पूर्व अध्यक्षहरु पुष्कर ढकाल, जीवनकुमार मोते, सागर कार्की, अध्यक्ष सल्लाहकार, बाहुण्डाँगी जेसीजका पदाधिकारीहरूको उपस्थितिमा भित्तेपात्रोे विमोचन गरिएको हो । भित्तेपात्रो विमोचनसँगै नयाँ वर्षको उपलक्ष्यमा शुभकामना आदान–प्रदान गरिएको थियो ।
बाहुण्डाँगी जेसीज वर्ष २०२५ का अध्यक्ष नित्यानन्द चौलागाईले सम्पूर्ण अतिथि तथा सहभागीहरूलाई धन्यवाद दिँदै आगामी दिनहरूमा समेत जेसीजको गतिविधिमा साथ र सहयोगको अपेक्षा व्यक्त गरे । कार्यक्रमको संयोजक संस्थाका शाखा सम्पादक किशोर उपरकोटीले स्वागत गरेको कार्यक्रमको सञ्चालन कार्यवाहक महासचिव विदात गिरीले गरेका थिए । जेसीजको आस्थापाठ कार्यकारिणी उपाध्यक्ष किरण गौतम तथा मिसन भिजन उपाध्यक्ष रिना दर्जीले वाचन गरेकी थिइन् ।