२०८२ बैशाख ६, २२:५४
#खेलकुद #ब्रेकिङ न्युज

विद्या विकास एकाडेमी प्रथम बाहुण्डाँगी च्यालेञ्ज कपको खेलतालिका सार्वजनिक

मेचीनगर । विद्या विकास एकाडेमी प्रथम बाहुण्डाँगी च्यालेञ्ज कप फुटबल प्रतियोगिताको खेलतालिका सार्वजनिक भएको छ ।
आयोजक बाहुण्डाँगी युवा क्लबले सोमबार खेलतालिका सार्वजनिक गरेको हो । मेचीनगर–४ स्थित सरस्वती माविको खेलमैदानमा हुने प्रतियोगिता २०८२ वैशाख १३ देखि २० गतेसम्म सञ्चालन हुनेछ ।
प्रतियोगितामा भारत दुईसहित ८ वटा टिमले सहभागिता जनाउनेछन् । प्रतियोगिताको मुख्य प्रायोजकमा विद्या विकास एकाडेमी रहेको छ । प्रतियोगितामा रेड हर्ष एफ.सी. इलाम, के. एफ.सी. सिलिगुडी (भारत), धाइजन एफ.सी., ब्रदर्श युनाइटेड एफ.सी., शनिश्चरे एफ.सी. झापा, जहदा एफ.सी., मोरङ, आयोजक बाहुण्डाँगी युवा क्लब, रथखोला फुटबल एकाडेमी नक्सलबारी (भारत) सहभागिता जनाउनेछन् ।
मुख्य प्रायोजक संस्थाबाट प्रतियोगिता सम्पन्न गर्न १ लाख ७२ हजार रुपैयाँ प्राप्त भएको आयोजकले जनाएको छ । प्रतियोगिताको विजेताले १ लाख ११ हजार रुपैयाँ र उपविजेताले नगद ६१ हजारसहित ट्रफी, मेडल प्राप्त गर्नेछन् ।
प्रतियोगिताको संरक्षकमा मेचीनगर ४ नम्बर वडा कार्यालय र सहआयोजकमा बाहुण्डाँगी जेसीज, आरआरटी बाहुण्डाँगी रहेका छन् । प्रतियोगिता अन्तर्गत विभिन्न विधामा समेत खेलाडीहरुलाई अवार्ड प्रदान गरिनेछ । प्रत्येक खेलका म्यान अफ द म्याच, उत्कृष्ट गोलकिपर, प्लेयर अफ द टुर्नामेन्ट र सर्वाधिक गोलकर्तालाई नगद, मेडल र प्रमाण पत्र प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।
रेडहर्ष एफसी इलाम र के एफसी सिलिगुडी भारतबीच उद्घाटन खेल
प्रतियोगिताको उद्घाटन खेलमा रेडहर्ष एफसी इलाम र के. एफसी सिलिगुडी भारतबीच प्रतिस्पर्धा हुनेछ । खेल बैशाख १३ गते शनिबार ठिक २ बजेदेखि हुनेछ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *