जीवन विज्ञान प्रयोगशालाको अध्यक्षमा जगतबहादुर रम्तेल

मेचीनगर । जीवन विज्ञान प्रयोगशाला मेचीनगर–८ को अध्यक्षमा जगतबहादुर रम्तेल चयन भएका छन् । मेचीनगर–८ स्थित योग ध्यान कृष्ण व्यास आश्रमको सभाहलमा सम्पन्न भेलाबाट अध्यक्षमा रम्तेल चयन भएका हुन् ।
त्यसैगरी, उपाध्यक्षमा गोमा गिरी, सचिवमा जानुका बजगाई र कोषाध्यक्षमा रमना साम्सोहाङ चयन भए । सदस्यहरुमा सीता बराल, मिना ढुंगाना, लक्ष्मी गिरी, चण्डिका गिरी, मुना ओझा रहेका छन् ।
त्यसैगरी सुरेश भट्टराईको संयोजकत्वमा ३ सदस्यीय सल्लाहकार समिति गठन भएको छ । सदस्यहरुमा कुमारी घिसिङ, टंक अधिकारी रहेका छन् ।