२०८२ बैशाख ६, १०:०६
#कोशी #खेलकुद #ब्रेकिङ न्युज

प्रथम १०१ च्यालेञ्ज नकलआउट भलिबलको फाइनल मेचीनगर–७ र ९ बीच हुने

मेचीनगर । १०१ युवा समूह मेचीनगर–२ को आयोजनामा जारी प्रथम १०१ च्यालेञ्ज नकआउट भलिबल प्रतियोगिताको फाइनलमा मेचीनगर– ७ र ९ प्रवेश गरेका छन् ।
राष्ट्रको लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद भन्ने नाराका साथ नव वर्ष २०८२ सालको उपलक्ष्यमा १०१ युवा समूहद्वारा आयोजित भलिबल प्रतियोगिताको सोमबार सम्पन्न सेमिफाइनल खेलबाट मेचीनगर–७ र ९ विजयी हुँदै फाइनलको यात्रा तय गरेको हो ।
बैशाख १ देखि ३ गतेसम्म सञ्चालन भइरहेको प्रतियोगितामा मेचीनगर २ लाई हराउँदै मेचीनगर ७ र मेचीनगर–१० लाई हराउँदै मेचीनगर ९ ले फाइनलमा स्थान पक्का गरेका हुन् ।
मेचीनगर–७ ले २–१ को सेटमा मेचीनगर–२ लाई पराजित गरेको थियो भने मेचीनगर –९ ले पनि २–१ को सेटमा मेचीनगर–१० लाई हराएको थियो ।
१५ वटा वडा र आयोजकको एक टिमसहित १६ वटा टिमले प्रतियोगितामा सहभागिता जनाएका थिए । फाइनल खेल भोलि १ बजेदेखि हुनेछ । प्रतियोगितामा रेफ्रीहरु शैलेन्द्र श्रेष्ठ, संजय अधिकारी र ध्रुव नेम्वाङ रहेको संस्थाका महासचिव प्रविन चापागाईले जानकारी दिए ।
प्रतियोगिताको विजेताले नगद २५ हजारसहित ट्रफी, मेडल प्राप्त गर्नेछन् भने उपविजेताले नगद १५ हजारसहित ट्रफी मेडल प्राप्त गर्ने अध्यक्ष विदात गिरीले बताए ।

Leave a comment

Your email address will not be published. Required fields are marked *