२०८१ कार्तिक ६, १०:०५

अम्बिका र शंकरको दुई गीति संग्रह सार्वजनिक

अम्बिका गुरुङको शब्द र शंकर थापा ‘स्माइल’ को संगीतमा दुई गीति संग्रह विमोचन गरिएको छ।

बुधबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै गीति संग्रह ‘भाव’ र ‘अनुपम यात्रा’  एकसाथ सार्वजनिक गरिएको हो। कार्यक्रममा संगीतकार शम्भुजित बासकोटा, संगीत उद्योग संघका अध्यक्ष सूर्यबहादुर मगर, गीतकार संघ नेपालका अध्यक्ष बसन्त बित्यासी थापा, संगीतकार संघ नेपालका उपाध्यक्ष अष्ट लामालगायत उपस्थित थिए।सार्वजनिक एल्वम मध्ये ‘भाव’ मा ‘यो मनले भन्छ, आँखा खोल्दा, सँग सँगै, आँखा नलागोस्, मात्तिएको बेला, अजम्बरी पिरती, रूपको बयान, छड्के नजर, मायाको छु भोको र धेरै भाउ नखोज’ गरी १० वटा गीतहरू समावेश छन्।

यस्तै ‘अनुपम यात्रा’ मा ‘देखिन तिमी जस्तो कोही, सदियौंदेखि, तिमी सँगै, भुल्न सकिन, कारण तिमी, तिमी टाढा, गुराँसैको फूल फुल्दा, बुझाउँ कसरी र कारण तिमी (फिमेल भर्सन)’ गरी ९ वटा गीतहरू समावेश छन्। दुवै एल्वमलाई भावसागर इन्टरटेनमेन्ट एलएलसीले उत्पादन तथा बजार व्यवस्थापन गरेको हो।

दैउसी भैलो राति १० बजेबाट नखोल्नु

Leave a comment

Your email address will not be published. Required fields are marked *