दैउसी भैलो राति १० बजेबाट नखोल्नु
यस बर्षको तिहार तथा दिपावलीमा नेपाल सरकारले एक बिज्ञप्ति जारी गदै राति १० बजे देखि देउसी भैलो तथा कुनै पनि सास्कृतिक कार्यक्रम नगर्न सूचना जारी गरेको छ।
तिहार हाम्रो चाडहरु मध्येको एक महत्वपूर्ण चाड हो। यो चाड भनेको प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशी देखि कार्तिक सुकला दितीयसम्मका दिनसम्म मनाईन्छ। यी पाचँ दिनमा काग तिहार, कुकुर तिहार, गाई तिहार ,गोरु तिहार र भाई टिका गरी पाचँ तिहार मनाउने गरिन्छ। परापूर्व काल देखिनै यो तिहार बिशेष गरी तराई पहाड र हिमालमा रात्रिकालिन समयमा नै हौसलापूर्वक मनाउदै आएको छ।
मेचीनगर नगरपालिकाले केन्द्रको निर्देशन भन्दै रातको १० बजे देखि दैउसी भैलो कार्यक्रम नगर्न र दानदक्षिणा १५१ भन्दा माथि नदिन अनुरोध गरेको छ।