२०८१ कार्तिक ६, १८:०७

ब्राउन सुगर बेच्ने एक महिला दमकमा पक्राउ

दमक-झापाको दमकमा ब्राउन सुगर बेच्ने एक महिला पक्राउ परेकी छन् ।

बिहीबार दिउँसो साढे २ बजेको समयमा दमक नगरपालिका-४ की ४८ बर्षीया गायत्रा गौतमले लागूऔषध बिक्री वितरण गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा लागू औषध नियन्त्रण ब्युरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले उनको शरीर तथा घर कोठाहरू खानतलासी लिँदा बट्टाभित्र लुकाइराखेको प्रतिबन्धित ९ ग्राम ५३० मिलिग्राम ब्राउन सुगर र उनी सुत्ने बेडको सिरानी मुनि ३ लाख ३६ हजार ४०० रुपैयाँ फेला परेको थियो ।

उनलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय दमकमा राखेर अनसुन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले बताएको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *