विभिन्न कार्यक्रम आयोजना गरि दोस्रो चरणको कार्यक्रम पनि सम्पन्न :पशुपति बोर्डिङ
मेचीनगर-मेचीनगर –६ स्थित पशुपति बोर्डिङ स्कूलले विद्यार्थीहरुको प्रतिभा उजागर गर्ने उद्देश्यले आज दोस्रो चरणको कार्यक्रम पनि सफलतापुर्वक सम्पन्न गरेको छ।
दोस्रो चरणको कार्यक्रम आन्तर्गत विद्यार्थीहरुलाई सुरुमा ट्रेजर हन्ट, त्यसपछि क्रमश लाभा वाल्क र बेलन केटरपिलर खेल सन्चालन भयो। दिउँसो विभिन्न कक्षाका विद्यार्थीहरुलाई विभिन्न खेलहरु टावर, स्लो साइकल रेश, हडल रेश, गायन नृत्य, हाइजिङ्क, खेलाउदै कार्यक्रम सम्पन्न भयो। त्यसैगरि कक्षा छ, सात र नौ का विद्यार्थीहरूले फुड स्टल समेत प्रर्दशन गरेका थिए।
भोलि समर क्याम्पको अन्तिम दिन कक्षा १को विद्यार्थीहरुलाई फेस पेन्टिङ र क्राफ्ट,कक्षा दुई देखि ५ सम्मका विद्यार्थीहरूलाई विभिन्न एैतिहासिक स्थल मिनि माउन्टेनहरुको भ्रमण , कक्षा ६,७ ८,९ ,१०का विद्यार्थीलाई स्वीमिङ,हाइकिङ्क लगायत अन्य खेल गराउदै र सिकाउदै विधिवत् रुपमा कार्यक्रम सम्पन्न गरिनेछ।
अध्यधिक गर्मी बढ्न थालेपछि विद्यालयले हिजो देखि शुक्रबारसम्म तीन दिन ‘समर क्याम्प’ आयोजना गर्दै विद्यार्थीको लुकेको प्रतिभा उजागर गर्ने लक्ष्य राखेको हो।