२०८१ कार्तिक ६, २३:३९
#ब्रेकिङ न्युज

नक्कली सुन बेच्ने भारतीय नागरिक पक्राउ

झापा, ४ बैशाख । नक्कली सुन बेच्ने एकजना भारतीय नागरिकलाई प्रहरीले बिर्तामोडबाट पक्राउ गरेको छ ।

बुद्धशान्ति गाउँपालिका–२ की ४५ वर्षीया सविता सिटौलालाई काँचो सुन भनेर ६० हजार रुपैयाँमा नक्कली सुन बेच्ने भारत सिलिगुडी स्थित जलपाइगुढीका ५४ वर्षीय शेरबहादुर गिरीलाई इलाका प्रहरी कार्यालय बिर्तामोडले पक्राउ गरेको हो । गिरीले काँचो सुन दिन्छु भनेर सिटौलाबाट ६० हजार रुपैयाँ लिएका थिए ।

सिटौलाले बिर्तामोड प्रहरीलाई बिस्कुट जस्तो आकार देखिने नक्कली सुन (टिल) दिई ठगेको जानकारी गराउन साथ प्रहरीले गिरीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए ।

Leave a comment

Your email address will not be published. Required fields are marked *