२०८१ जेष्ठ १२, ०१:४५
#ब्रेकिङ न्युज

सामाजिक सञ्जालबाट ठगी गर्ने तीन जना नियन्त्रणमा

झापा,वैशाख ३ । सामाजिक सञ्जालबाट ठगी गर्ने झापाका दुई जनासहित तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । नेपाल प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ठगी गरेको आरोपमा झापा अर्जुनधारा ९ की ३८ वर्षीया रश्मि विश्वकर्मा भन्ने सञ्जु पौडेली, बुद्धशान्ति २ का ३५ वर्षीय निश्चल पोर्तेल र इलाम माई नगरपालिका ९ का ३४ वर्षीय धनबहादुर विकलाई नियन्त्रणमा लिएको हो ।

अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीका अनुसार अरूको नागरिकता दुरुपयोग गरेर रकम ठग्दै आएका  अरूको नागरिकता दुरुपयोग गरी ह्वाट्स एप, फेसबुक, इन्स्टाग्रामजस्ता सामाजिक सञ्जालहरूको प्रयोग गरेर उनीहरूले विगत दुई वर्षयता ठग्दै आएको प्रहरीले जनाएको छ ।

उनीहरूले सामाजिक सञ्जालहरूबाट सम्पर्क गरी ‘तपाईँको नाममा पार्सल, डलर लगायतका बहुमूल्य सामानहरू आएको छ, उक्त सामान प्राप्त गर्नको लागि तपाईँले भन्सार चार्ज तिर्नुपर्ने हुन्छ, उक्त भन्सार चार्ज नेपालका विभिन्न बैङ्कहरूको खातामा जम्मा गर्नुपर्छ’ भन्ने विभिन्न किसिमका आश्वासन देखाई पटक पटक रकम जम्मा गर्न लगाएर ठग्दै आएका अनुसन्धानबाट देखिएको छ ।प्रहरीले उनीहरूको साथबाट विभिन्न व्यक्तिको नागरिकता ६ थान, प्रयोग भएको एनसेलको सिम कार्ड १४ थान, प्रयोग नभएको सिम कार्ड १२ थान, प्रयोग भएको भारतीय सिम कार्ड एउटा, विभिन्न बैङ्कका एटिएम कार्ड ८ थान, चेकबुक ११ थान, मोबाइल ६ थान, रकम जम्मा गरेको भौचर १८ थान लगायत सामग्री बरामद गरेका जनाएको छ ।

पौडेलले रश्मि विश्वकर्मा लगायत अन्य व्यक्तिको नागरिकतामा आफ्नो फोटो टाँसेर विभिन्न १६ वटा बैङ्कमा खाता खोलेको, आफू अन्तर्राष्ट्रिय विमानस्थलमा कुरियरको सिनियर अधिकृत बताउने गरेको अनुसन्धान कार्यालयले जनाएको छ । पौडेलीका पति निश्चल पोर्तेलले निशान्त शर्माको नाममा भारतीय आधार कार्ड समेत लिएको र उनीहरूले हालसम्म ६० लाख ५५ हजार रुपैयाँ ठगी गरेको पाइएको प्रहरी उपरीक्षक रेग्मीले जनाकारी दिनुभयो ।

 

सामाजिक सञ्जालबाट ठगी गर्ने तीन जना नियन्त्रणमा

नक्कली सुन बेच्ने भारतीय नागरिक पक्राउ

Leave a comment

Your email address will not be published. Required fields are marked *