२०८१ कार्तिक ६, १६:२१
#खेलकुद #ब्रेकिङ न्युज

काँकरभिट्टामा सञ्चालन भयो ‘झापा नेशनल होलिडे फुटबल क्याम्प’

काँकरभिट्टा । झापा नेशनल स्कुल मेचीनगर–७ को आयोजनामा ‘झापा नेशनल होलिडे फुटबल क्याम्प’ आजदेखि काँकरभिट्टामा सञ्चालन भएको छ ।
काँकरभिट्टा खेल मैदानमा चैत ३० गतेसम्म सञ्चालन हुने क्याम्पमा १४ वर्ष मुनिका २ सय ५० भन्दा बढी बिद्यार्थीको सहभागीता रहेको थियो । पाँच दिनसम्म सञ्चालन हुने क्याम्पमा एन्फाका प्रशिक्षकले प्रशिक्षण गर्नेछन् ।
झापा जिल्ला फुटवल संघका अध्यक्ष भगिरथ आले मगर मामाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा काँकरभिट्टा फुटबल टे«निङ सेन्टरका अध्यक्ष मीन बस्नेत, पत्रकार अर्जुन कार्कीलगायतले शुभकामना मन्तव्य राखेका थिए । प्रमुख अतिथि भगिरथ आले मगर मामाले खेलकुदमा स्कुलले गरेको लगानीले भविष्यमा खेलाडी उत्पादन गर्न सहयोग पुग्ने बताए । स्कुलको खेलकुद गतिविधिलाई प्रमुख अतिथि मामाले धन्यवाद समेत व्यक्त गरे । कार्यक्रममा प्रशिक्षकहरु मुन्ना सुब्बा, खमिर गिल्सन कन्दङ्वा, दीपक राई, देवान भुजेलको आतिथ्यता रहेको थियो ।
संस्थापक÷प्रिन्सिपल कमल भेट्वालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन पत्रकार प्रकाश पौडेलले गरेका थिए ।

Leave a comment

Your email address will not be published. Required fields are marked *