२०८१ जेष्ठ १२, ००:५१
#ब्रेकिङ न्युज

हिंड्दै गरेका भिक्षुमाथि भद्रकालीमा प्रहरीको लात्ती प्रहार

२५ चैत, काठमाडौं । बाटो हिंड्दै गरेका बौद्ध भिक्षुमाथि प्रहरीले भद्रकालीमा लात्ती प्रहार गरेको छ। शनिबार राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय क्रान्ति अभियानले गरेको प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो ।

सो क्रममा बाटो हिंड्दै गरेका दुई बौद्ध भिक्षुमाथि प्रहरीले दुर्व्यवहार गरेको हो । प्रहरीले बौद्ध भिक्षुमाथि लात्ती र लाठ्ठी प्रहार भएको भिडिओ सार्वजनिक भएको छ ।

भिडिओ सामाजिक सञ्जालमा पोस्ट गर्दै प्रहरीको आलोचना भइरहेको छ ।बाटो हिंड्दै गरेका बौद्ध भिक्षुमाथि दुर्व्यवहार भएको विषय सार्वजनिक भएपछि दुर्व्यवहार गर्नेमाथि कारबाही गर्ने तयारी प्रहरीले गरेको छ । प्रदर्शनमा संलग्न नै नभएको भनिएका भिक्षुमाथि आक्रमण भएको विषय सार्वजनिक भएपछि प्रहरीले छानबिन अघि बढाएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता नवराज अधिकारीले भने, ‘यो विषयमा अहिले छानबिन भइरहेको छ । दोषी देखिएमा कारबाही हुन्छ ।’शनिबारको प्रदर्शनमा ५ जना प्रहरी घाइते भएका थिए ।

चार जनाको अवस्था सामान्य रहे पनि एक जनाको भने नाक पूरै ड्यामेज भएको र अहिले पनि उपचारकै क्रममा रहेको एसपी अधिकारीले बताए ।

 

Leave a comment

Your email address will not be published. Required fields are marked *