२०८१ कार्तिक ७, ०९:०८
#ब्रेकिङ न्युज

सामाजिक सन्जाल फेसबुकमा कमेन्ट गरेको निहुँमा प्रअद्धारा विद्यार्थी निर्घात कुटपिट

दमक,१९ चैत । फेसबुकमा कमेन्ट गरेको निहुँमा झापाको कमल गाउँपालिका -५ पाडाजुंगीस्थित मंगलमय माध्यमिक विद्यालयका प्रधानाध्यापक मोहन बगाले थापाले आफनै एक जना छात्रा विद्यार्थीलाई कुटपिट गरेका छन् ।

कमल -५ राधाकृष्ण टोल निवासी सो विद्यालयको कक्षा ११ मा अध्ययनरत छात्रा निर्जला बाँस्कोटालाई प्रअ बगालेले कुटपिट गरेका हुुन् । टोल विकास संस्थाका अध्यक्ष विरेन्द्र तिवारीका अनुसार फेसबुकको कमेन्ट निहुँमा प्रअ बगालेले मंगलवार दिउँसो कार्यालयमा लगेर निलडाम हुने गरि कुटपिट गरेका हुन् ।

पानीको पाईपले हिर्काउदाँ ती विद्यार्थीको दुवै खुट्टामा निलडाम देखिएको र उनलाई उपचारका लागि परिवारले दमक लगेको उनको भनाई छ ।

प्रअ बगालेले ती विद्यार्थीलाई कुटपिट गरि अव उप्राप्त यस्ता कार्य नगर्न सचेत गराउदै परिवारलाई कागज गराई जिम्मा लगाएका थिए । टोल विकास संस्थाका अध्यक्ष तिवारीले फेसबुककै निहुँमा विद्यार्थी माथि यस किसिमको कारवाही स्वाभाविक नभएको बताउँछन् । प्रअ बगाले मंगलमय माविमा सञ्चालित एसईइ परीक्षा केन्द्रका सुपरिटेन्डेन्ट समेत हुन् । प्रअ बगाले माथि अविलम्ब कारवाही हुनुपर्ने उनको भनाई छ ।

छात्रा विद्यार्थी बाँस्कोटामाथि कुटपीट सामाजिक सञ्जालमा आएपछि प्रअ बगालेलाई कारवाही गर्न चौतर्फी माग उठेको छ ।महिना दिन अघि मात्र बालमैत्री गाउँपालिका घोषणा गरिएको यस पालिकाको उत्कृष्ठ मानिने सो विद्यालयका प्रअ बगालेको यस्तो हर्कतले सिंगो बालमैत्री अवधारणालाई लज्जित बनाएको बाल सञ्जालका अगुवाहरुले बताएका छन् ।

कमल ५ का वडाअध्यक्ष लालवहादुर विष्टका अनुसार प्रअ वगालेद्धारा विद्यार्थी कुटपीटको घटना चौतर्फी सार्वजनिक भएपछि पालिकाको शिक्षा समितिको अहिले आकस्मिक बैठक बसिरहेको छ ।

 

सामाजिक सन्जाल फेसबुकमा कमेन्ट गरेको निहुँमा प्रअद्धारा विद्यार्थी निर्घात कुटपिट

बलेसीमा लडेर एक वृद्धाको मृत्यु

सामाजिक सन्जाल फेसबुकमा कमेन्ट गरेको निहुँमा प्रअद्धारा विद्यार्थी निर्घात कुटपिट

रङ्गमञ्चमा आउँदैछ ‘त्यो फेरि फर्कला’

Leave a comment

Your email address will not be published. Required fields are marked *