२०८१ बैशाख ४, ०७:०१
#ब्रेकिङ न्युज

बलेसीमा लडेर एक वृद्धाको मृत्यु

झापा-झापामा बलेसीमा लडेर एक वृद्धाको मृत्यु भएको छ ।

कमल गाउँपालिका- २ का ७८ वर्षीया कमलादेवी अधिकारीको बलेसीमा लडेर मृत्यु भएको हो ।

घरमा एक्लै बस्दै आएकी अधिकारीलाई बुधबार बिहान साढे ५ बजेतिर बलेसीमा लडेको अवस्थामा मृत देखेपछि आफन्तहरूले प्रहरीलाई खबर गरेका थिए ।

अधिकारी प्रेसरको बिरामी भएको बताइएको छ । घटनाबारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय दमकल बताएको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *