२०८१ कार्तिक ६, १८:२६
#कोशी #ब्रेकिङ न्युज #समाज

नेपाल जेसीज उत्कृष्ट अवार्डमा पहिलो पटक बाहुनडाँगी जेसीजको ह्याट्रिक

बाहुनडाँगी । बाहुनडाँगी जेसीजले नेपाल जेसीजबाट मार्च महिनाको ‘शतप्रतिशत कार्यक्षमता आवार्ड’ प्राप्त गरेको छ ।
नेपाल जेसीजे दिएको टाक्समा रहेर एक महिना शाखाले गरेको कार्यहरुको कार्यसम्पादनको आधारमा बाहुनडाँगी जेसीजले मार्चको समेत उत्कृष्ट अवार्ड प्राप्त गरेको हो ।
यो अवार्डसँगै बाहुनडाँगीे नेपाल जेसीजबाट प्राप्त हुने अवार्डमा ह्याट्रिक पुरा गरेको छ । यस अघि जनवरी र फेब्रुअरी महिनामा निरन्तर यो अवार्ड प्राप्त गरेको थियो ।
उक्त अवार्ड चितवनको सौराहमा चैत २३ र २४ गते हुने नेपाल जेसीजको कार्यक्रममा प्रदान गरिनेछ ।
बाहुनडाँगीले नेपाल जेसीजबाट निरन्तर ३ महिना अवार्ड प्राप्त गरेको यो नै पहिलो हो । नेपाल जेसीजले ४ वटा टाक्स शाखालाई दिएको दिएको थियो तर बाहुनडाँगीले यो महिना मात्रै ८ वटा कार्यक्रम सम्पन्न गरेको छ । अहिले पनि बाहुनडाँगीमा दोस्रो जेसीज कप सञ्चालनमा छ ।
जेसीजका अध्यक्ष देबु बानियाँको नेतृत्वमा रहेको २०२४ को टिमले ३ महिनामा २४ वटा कार्यक्रम समेत सम्पन्न गरिसकेको छ । ‘यो निरन्तरको सफलता टिमवर्कको हो’ शाखाका अध्यक्ष बानियाँले भने– ‘बोर्डमा रहेका साथीहरुको अथक मेहेनत अनि जुनसुकै कार्यक्रमहरुलाई पनि सम्पन्न गर्न दिएको साथ नै हो । यसको सम्पूर्ण श्रेय मेरो २०२४ को बोर्डलाई नै दिन्छु ।’

नेपाल जेसीज उत्कृष्ट अवार्डमा पहिलो पटक बाहुनडाँगी जेसीजको ह्याट्रिक

बलेसीमा लडेर एक वृद्धाको मृत्यु

Leave a comment

Your email address will not be published. Required fields are marked *