२०८१ कार्तिक ६, १८:१६
#खेलकुद #ब्रेकिङ न्युज

बाहुनडाँगी र चन्द्रगढी आज सेमिफाइनलमा भीड्दै

बाहुनडाँगी । दोस्रो जेसीज नकआउट फुटबल प्रतियोगिताको फाइनल प्रवेशका लागि बाहुनडाँगी युवा क्लब र ब्रदर्स युनाइटेड चन्द्रगढी भीड्दैछन् । कार्गिल सहिद सुरेश थापा क्षेत्रीको स्मृतिमा जारी प्रतियोगिताको सेमिफाइनलमा बाहुनडाँगी र चन्द्रगढी भीड्ने भएका हुन् ।
बाहुनडाँगी युवा क्लबले कचनकवल फुटबल क्लबाई २–० गोल अन्तरले हराउँदै सेमिफाइनल पुगेको थियो भने ब्रदर्स युनाइटेड चन्द्रगढीले सनसिटी फुटबल क्लब सलकपुरलाई १–० ले हराउँदै सेमिफाइनलको यात्रा गरेको हो । विजेता टोली कम्तीमा ५१ हजार नगद सुरक्षित गर्नेछ ।
बाहुनडाँगी जेसीजको आयोजनामा जारी प्रतियोगिताको फाइनल खेल चैत २२ गते हुनेछ । प्रतियोगितामा आठवटा टिमले सहभागिता जनाएका थिए । बिजेता टिमले एक लाख १ हजार ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् भने उपविजेताले ५१ हजार नगदसहित ट्रफी मेडल र प्रमाण पत्र पाउनेछन् । त्यसैगरी उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्स, सर्वाधिक गोलकर्ता, उदयमान खेलाडीले नगद ५ हजारसहित ट्रफी र मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
बाहुनडाँगी जेसीज सचिवालय निर्माण गर्ने हेतुले आयोजित फुटबल प्रतियोगितामा झापा गोल्डकप र जिल्ला फुटबल संघको प्राविधिक सहयोग रहेको छ । प्रतियोगिता सफल पार्न विभिन्न व्यक्तित्वबाट आर्थिक सहयोग प्राप्त भएको आयोजकले जनाएको छ । प्रतियोगिता ुसफल पार्न सहयोग गर्नु हुने सम्पूर्ण महानुभावलाई बाहुनडाँगी जेसीजका अध्यक्ष देबु बानियाँद्वारा धन्यवाद व्यक्त गरे ।

Leave a comment

Your email address will not be published. Required fields are marked *