२०८१ कार्तिक ७, ०१:००
#ब्रेकिङ न्युज

जङ्गली हात्तीले एक दम्पतीमाथि आक्रमण,श्रीमतीको मृत्यु

बिर्तामोड । झापामा जङ्गली हात्तीले एक दम्पतीमाथि आक्रमण गरेको छ । हात्तीको आक्रमणबाट श्रीमतीको मृत्यु भएको छ श्रीमान् घाइते भएका छन् ।

शिवसताक्षी नगरपालिका -११ दुधेस्थित रतुवामाई वृक्षारोपण आयोजनामा बुधबार साँझ साढे ५ बजेको समयमा दाउरा लिन गएका शिवसताक्षी- ११ का ६० वर्षीया पवित्रा भेटवालको हात्तीको आक्रमणबाट घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डिराज गिरीले जानकारी दिए ।

त्यस्तै उनका श्रीमान् ६२ वर्षीय दिलीप भेटवाल गम्भीर घाइते भएका छन् । घाइतेलाई उपचारका लागि बिर्तामोडस्थित बिर्तासिटि अस्पताल पठाइएको प्रहरी निरीक्षक गिरीले बताए ।

दुई वटाको संख्यामा आएका हात्तीले भेटवाल दम्पतीलाई आक्रमण गरेका थिए ।

जङ्गली हात्तीले एक दम्पतीमाथि आक्रमण,श्रीमतीको मृत्यु

आरजु देउवाले गराइन् थाइराडको शल्यक्रिया

Leave a comment

Your email address will not be published. Required fields are marked *