२०८१ कार्तिक ६, १९:०९
#खेलकुद #ब्रेकिङ न्युज #समाज

मेचीनगर स्पोर्टस् मेनियाः क्रिकेटतर्फ मेचीनगर– १ र ९ सेमिफाइनलमा प्रवेश

मेचीनगर । प्रथम मेचीनगर स्पोर्टस् मेनिया २०८० अन्तर्गत पुरुष क्रिकेट खेलतर्फ मेचीनगर वडा नम्बर १ र ९ ले सेमिफाइनल प्रवेश गरेका छन् । मेचीनगर ५ र १३ भने उपाधि होडबाट बाहिरिएका छन् ।
तुर्केनी खेल मैदानमा शुक्रबार सम्पन्न भएको पहिलो क्वाटरफाइनल खेलमा मेचीनगर १ नम्बर वडा ४ रनले विजयी भयो । पहिले ब्याटिङ गरेको वडा नम्बर १ ले ९८ रन बनाएको थियो । ९९ रनको लक्ष्य पछ्याएको वडा नम्बर ५ ले ९४ रन मात्र बनायो । खेलको म्यान अफ दी म्याच ३ विकेट लिएका वडा नम्बर १ का अभिषेक दुलाल घोषित भए ।
त्यसैगरी, शुक्रबारनै भएको दोश्रो क्वाटरफाइनल खेलबाट वडा नम्बर १३ लाई ९४ रनले हराउँदै ९ नम्बर वडा सेमिफाइनल प्रवेश गरेको छ । पहिले ब्याटिङ गरेको वडा नम्बर ९ ले १ सय ३५ रन बनाएको थियो । १ सय ३६ रनको लक्ष्य पछ्याएको वडा नम्बर १३ ले ४१ रन मात्र बनाउन सक्यो । खेलमा ४५ रन बटुलेका र २ विकेट लिएका वडा नम्बर ९ का शिव राजवंशी म्यान अफ दी म्याच घोषित भएसँगै नगद तथा प्रमाणपत्र गरे ।
भोलिको पहिलो क्वाटरफाइनल खेल मेचीनगर–२ र ११ बीच, मेचीनगर– १० र ६ बीच हुने आयोजकले जनाएको छ । मेचीनगर–६ बाई पाएर सिधैँ क्वाटरफाइनल प्रवेश गरेको टोली हो । क्रिकेटतर्फ मिलन क्रिकेट क्लब र तुर्केनी स्पोर्टस् क्लबको प्राविधिक सहयोग रहेको थियो । नगर खेलकुद विकास समितिको आयोजनामा जारी प्रतियोगिताको फाइनल खेल चैत ६ गते हुनेछ ।

मेचीनगर स्पोर्टस् मेनियाः क्रिकेटतर्फ मेचीनगर– १ र ९ सेमिफाइनलमा प्रवेश

प्रतिक गहतराजको ‘मलाई हराउन देऊ’ सार्वजनिक

Leave a comment

Your email address will not be published. Required fields are marked *