जलविन्दु सचेतना सप्ताहको अवसरमा काकडभिट्टा आई केयरद्वारा बस पार्कमा कार्यक्रम सम्पन्न
मेचीनगर- जलविन्दु सचेतना सप्ताहको अवसर पारेर काकडभिट्टा आई केयर लिमिटेडले आज बिहान काकडभिट्टा बस पार्कमा सचेतना सम्बन्धि कार्यक्रम सम्पन्न गरेको छ।
मजदुर नेता बिकी मुज्नदरद्वारा सन्चालित कार्यक्रममा काकडभिट्टा आई केयर सेन्टरबाट आफ्नो प्रतिनिधित्व गराउदै निर्मल निरौलाले अस्पतालमा ओ पि डि सेवा नि शुल्क र शुल्यत्रिया लगायतमा छुट रहेकाे महत्त्वपूर्ण जानकारी दिदै उक्त अवसरको लाभ उठाउन अनुराेध गर्नुभयाे।
निरौला काकडभिट्टाका युवा व्यवसायी समेत हुनुहुन्छ।त्यसैगरि अस्पतालका आखा विशेषज्ञ डाक्टर प्रज्वल भट्टराईले जलविन्दु सचेतनाको बारेमा प्रकाश् पर्नुभयो। काकडभिट्टा आई केयर सेन्टर लिमिटेडले विभिन्न पर्व र सप्ताह पारेर मेचीनगरको सबै क्षेत्रहरुमा निशुल्क आखा शिविर सन्चालन गर्दै आएकाे छ।
हरेक बर्ष मार्च १०-१६ तारिख सम्म याे कार्यक्रम विश्वभर सन्चालन हुँदै आएकाे छ। यसलाई अङ्ग्रेजीमा World Glaucoma Week भन्ने गरिन्छ।