२०८१ कार्तिक ७, १२:५९
#ब्रेकिङ न्युज

प्रथम मेचीनगर स्पोर्ट्स मेनिया २०८०’ आजबाट सुरू

झापा, २९ फागुन । मेचीनगर खेलकुद विकास समितिको आयोजनामा मेचीनगरमा ‘प्रथम मेचीनगर स्पोर्ट्स मेनिया (२०८०’ सुरु भएको छ । काँकरभिट्टा माबिको खेल मैदानमा आयोजित कार्यक्रमको उद्घाटन प्रदेश सांसद गोपाल तामाङले गरेका थिए । कार्यक्रममा खेलकुदको क्षेत्रमा योगदान पुर्याउने तीन जना अग्रज खेलाडीलाई सम्मान गरिएको थियो ।

लामो समयदेखि खेलकुदमा योगदान गर्ने फुटबलमा गणेशबिक्रम नेङ्वाङ, कराँतेमा अर्जुन लम्साल र टेकनाथ पराजुलीलाई प्रमुख अतिथि तामाङले सम्मानपत्रद्वारा सम्मान गरेका थिए ।
फुटबल बक्सिङ र तेक्वान्दो, सामुदायिक भवन काकर्भिट्टामा कराँते, पुर्वेली खेल मैदानमा क्रिकेट, काँकरभिट्टामा खानेपानी हलमा चेस, धुलाबारी माबीमा भलिबल, कवर्डी र ऎथ्लेन्टिक्स खेल प्रतियोगिताको स्थान तयारी गरेको समितिले जनाएको छ ।

१५ वटाबाट प्रतियोगितामा सहभागी खेलाडीहरुले कराँते, नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा प्रमुख अतिथि प्रदेश सांसद गोपाल तामाङ, मेचीनगरका मेयर गोपालचन्द्र बुढाथोकी, उपप्रमुख मिना उप्रेतीले सम्बोधन गरेका थिए ।

सामाजिक बिकास प्रमुख हृदय राजबंशीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष रबिन ओझाले स्वागत गरेका थिए भने वरिष्ठ प्रशासकीय अधिकृत अनन्त वस्तीले संचालन गरेका थिए । चैत ६ गतेसम्म संचालन हुने प्रतियोगिता सम्पन्न गर्न नगरपालिकाले ५३ लाख ७७ हजार बजेट खर्च छुट्याएको छ ।

प्रथम मेचीनगर स्पोर्ट्स मेनिया २०८०’ आजबाट सुरू

हत्या अभियोगमा छोरा र बुहारी पक्राउ

Leave a comment

Your email address will not be published. Required fields are marked *