२०८१ कार्तिक ६, १६:१३
#खेलकुद #शिक्षा

नर्थ प्वाइन्टको वार्षिक खेल उत्सव समापनः उपाधिमा हरियो सदनको बर्चश्व

मेचीनगर । नर्थ प्वाइन्ट अंग्रेजी माध्यमिक विद्यालयको वार्षिक खेल उत्सव–२०८० समापन भएको छ ।
शुक्रबार सम्पन्न छात्रतर्फ अन्तर सदन फुटबल प्रतियोगिताको उपाधि पहेँलो सदनले जितेको छ । फाइनलमा पहेँलोले हरियो सदनलाई ३–१ गोल अन्तरले पराजित गरेको हो ।
पहेँलो सदनका लागि अंकित सुनारले २ गोल गरे भने आदित्य बुढाथोकीले १ गोल गरेका थिए । हरियो सदनबाट एक मात्र गोल स्वयम् कार्कीले गरेका थिए ।
खेलको म्यान अफ दि म्याच पहेँलो सदनका अंकित सुनार, उत्कृष्ट खेलाडी पहेँलो सदनबाटै आदित्य बुढाथोकी, राइजिङ खेलाडी पहेँलो सदनबाट रोमन सुनार घोषित भए । प्लेयर अफ दि टुर्नामेन्ट हरियो सदनबाट स्वयम् कार्की, उत्कृष्ट गोलरक्षकको रुपमा हरियोबाटै सञ्जु खड्का घोषित भए ।
शुक्रबारै सम्पन्न छात्रातर्फ अन्तर सदन फुटबल प्रतियोगिताको उपाधि हरियोले उचालेको छ । फाइनलमा हरियोले रातो सदनलाई २–० को सहज जीत हात पारेको छ । हरियो सदनका लागि एन्जल कोइरालाले १ र प्राश्ना कार्कीले १ गोल गरेकी थिइन् । खेलको वमन अफ दि म्याच हरियो सदनबाट एन्जल कोइराला घोषित भइन् । प्लेयर अफ दि टुर्नामेन्ट हरियोकै प्राश्ना कार्की, उत्कृष्ट गोलरक्षक रातो सदनबाट प्रितिका दाहाल, उत्कृष्ट खेलाडीको रुपमा रातोकै सुम्निमा राई र राइजिङ खेलाडीको रुपमा निलो सदनबाट अनुष्का महत घोषित भइन् ।
त्यसैगरी, छात्रतर्फ अन्तर सदन भलिबल प्रतियोगिताको उपाधि हरियो सदनले जितेको छ । फाइनलमा रातो सदनलाई २५–१६, २५–२० को सोझो सेटले हराउँदै हरियोले उपाधि चुम्न सफल भएको हो । खेलको म्यान अफ दि टुर्नामेन्ट हरियो सदनबाट अमृत सुनार, खेलको म्यान अफ दि म्याच रातो सदनबाट विवेक पुरी घोषित भए ।
त्यसैगरी, छात्रातर्फ अन्तर सदन भलिबल प्रतियोगिताको उपाधि हरियो सदनले जितेको छ । फाइनलमा पहेँलो सदनलाई २५–१७, १३–२५ र २५–१६ को सेटले हराउँदै हरियो सदन विजेता बनेको थियो । खेलको वमन अफ दि म्याच हरियो सदनबाट अंशु तामाङ, प्लेयर अफ दि टुर्नामेन्ट पहेँलो सदनबाट नेहा कार्की घोषित भएको विद्यालयका खेल संयोजक कमल पौडेलले जानकारी दिए ।
समग्रमा विभिन्न विधा अन्तर्गत भएको खेलहरुको उपाधि हरियो सदनकै बर्चश्व रहेको विद्यालयका सहायक प्रिन्सिपल विकास श्रेष्ठले जानकारी दिए । वार्षिक खेल उत्सवको समापनको अवसरमा विद्यालयका पूर्व विद्यार्थी र हाल अध्ययनरत विद्यार्थीको मैत्रीपूर्ण भलिबल भएको थियो ।

नर्थ प्वाइन्टको वार्षिक खेल उत्सव समापनः उपाधिमा हरियो सदनको बर्चश्व

झापा गोल्ड कपको छैटौँ संस्करणका लागि मुख्य

नर्थ प्वाइन्टको वार्षिक खेल उत्सव समापनः उपाधिमा हरियो सदनको बर्चश्व

अस्पतालबाट चोरी भएको शिशु भटियाे

Leave a comment

Your email address will not be published. Required fields are marked *