२०८१ बैशाख ४, ०६:४९
#ब्रेकिङ न्युज

अस्पतालबाट चोरी भएको शिशु भटियाे

काठमाडौं-थापाथलीस्थित परोपकार स्त्री तथा प्रसूती रोग अस्पतालबाट चोरी भएको २६ दिनको बच्चाको उद्धार भएको छ। प्रहरीले शुक्रबार राति साढे ११ बजे काडाँघारीबाट शिशुको उद्धार गरेको जनाएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता नवराज अधिकारीका अनुसार बच्चा गायब भएको भन्दै प्रहरीमा उजुरी परेको थियो। लगत्तै बच्चा खोजीका लागि प्रहरी टोली खटिइसकेको थियो।

बच्चा चोरेको आरोपमा प्रहरीले दैलेखकी एक महिलालाई पक्राउको उपत्यका अपराध महाशाखाले जनाएको छ। प्रहरीले शिशुसहित उनलाई गएराति कोठाबाट नियन्त्रणमा लिएको हो।

अस्पतालको सीसीटिभीको फुटेजको आधारमा प्रहरीले बच्चा चोर्ने व्यक्ति पहिचान गरेको थियो।

Leave a comment

Your email address will not be published. Required fields are marked *