२०८१ कार्तिक ६, २०:५८
#ब्रेकिङ न्युज

सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण भएको जानकारी भए सूचना दिनु : गृह मन्त्रालय

काठमाडौँ – गृहमन्त्रालयले सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण भएको जानकारी भए सूचना दिन आह्वान गरेको छ।

गृहले बिहीबार सार्वजनिक सूचना जारी गर्दै कुनै पनि ठाउँमा विभिन्न बहानामा सार्वजनिक जग्गाको अतिक्रमण गर्ने, व्यक्तिको नाममा दर्ता गर्ने, नामसारी गर्ने जस्ता काम भएको भए सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा सूचना दिन भनेको हो।

गृहका प्रवक्ता नारायणप्रसाद भट्टराईले सबै जिल्ला प्रशासन कार्यालयलाई यसबारेमा सूचित गरेको जानकारी दिँदै सर्वसाधरणलाई पनि सार्वजनिक जग्गाको विषयमा सूचना दिन भएको हो।

गृहले जारी गरेको सूचनामा भनिएको छ, ‘सरकारी वा सार्वजनिक जग्गा दुरुपयोग गरी दर्ता प्रेष्ता कायम गर्ने गरी निर्णय गरेको र सो को आधारमा दाखिल खारेज गरेको वा हक स्वामित्व कायम गरेको वा त्यसरी कायम भएको स्वामित्वबाट बिक्री वितरण गरेको, समय तोकी वा नतोकी भोगाधिकार सृजना गरेको, धितो बन्धक राखेको आदि जुनसुकै प्रकारको गैर कानुनी काम कारबाही सम्बन्धी आफूसँग भएको सूचना वा प्रमाण सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा जानकारी दिनुहुन सम्बन्धित सबैमा अनुरोध छ।’

त्यस्तै लामो समयसम्म नियन्त्रण बाहिर रहने गरी लिजमा दिएको वा उद्देश्य विपरीत निजी कायम गरी गराई दुरुपयोग गरेको पाइएमा त्यस्तो कार्य गर्ने व्यक्तिलाई कानुन बमोजिम कारबाही गरी पूर्ववत सरकारी, सार्वजनिक, सन्धिसर्पन, ऐलानी आदि रुपमा कायम गर्ने प्रयोजनका लागि सूचना दिन भनिएको छ।

सरकारी वा सार्वजनिक जग्गाहरु कानुन विपरीत कसैले आफ्नो नाममा दर्ता गरेको, खास उद्देश्य वा प्रयोजनका लागि कुनै संस्थाको भोगचलन वा नियन्त्रणमा रहने गरी दिएका जग्गा बलजफ्ती अतिक्रमण गरी निजी रुपमा दर्ता गरेको, दाखिल खारेज वा चलन चलाई हक हस्तान्तरण गरेको जस्ता समस्या रहेको छ।

 

सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण भएको जानकारी भए सूचना दिनु : गृह मन्त्रालय

स्व. पवनकुमार खड्का स्मृति प्रथम नकआउट फुटबल

Leave a comment

Your email address will not be published. Required fields are marked *