२०८१ बैशाख ४, ०६:०४
#खेलकुद #ब्रेकिङ न्युज

स्व. पवनकुमार खड्का स्मृति प्रथम नकआउट फुटबल प्रतियोगिताः काँकरभिट्टा र होक्से फाइनलमा

मेचीनगर । स्व. पवनकुमार खड्काको स्मृतिमा जारी प्रथम नकआउट फुटबल प्रतियोगितामा काँकरभिट्टा फुटबल टे«निङ सेन्टर र होक्से युथ क्लबले फाइनलको यात्रा तय गरेका छन् । मेचीनगर–५, मेची आधारभूत विद्यालयको खेल मैदानमा सम्पन्न सेमिफाइनल खेलबाट काँकरभिट्टा एफटिसी र होक्से युथ क्लब फाइनल प्रवेश गरेका छन् भने तुर्केनी फुटबल क्लब र जोरसिमल फुटबल क्लब उपाधि होडबाट बाहिरिएका हुन् ।
बिहीबार सम्पन्न पहिलो सेमिफाइनलमा काँकरभिट्टा एफटिसीले जोरसिमल फुटबल क्लबलाई ४–१ गोल अन्तरले पराजित गरेको छ । जोरसिमलका लागि अरुन मेचेले ३२ औँ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए । खेलमा अग्रता लिए पनि जोरसिमलका गोलकिप्पर युवराज पुरीले २८ औँ र ३५ औँ मिनेटमा दोहोरो पहेँलो कार्ड पाउँदै मैदान बाहिरिनु परेको थियो । ६ खेलाडीमा सीमित जोरसिमलले त्यसपछि लगातार ४ गोल खाएको थियो । काँकरभिट्टाका लागि रोमन भुजेल र दिवस उराँवले २–२ गरेका थिए । रोमन भुजेलले ३९ औँ र ५८ औँ मिनेटमा गोल गरे भने दिवस उराँवले ४२ आँै र ४९ औँ गोल गरे । खेलको म्यान अफ द म्याच दिवस उराँव घोषित भएसँगै नगद १ हजार र ट्रफी हात पारे ।
दोश्रो खेलमा तुर्केनी फुटबल क्लबलाई १ का विरुद्ध २ गोल गर्दै होक्से युथ क्लबले कठिन जीत हात पारेको छ । होक्सेका लागि सागर रसाइलीले २ गोल गरेका थिए । सागरले खेलको ४४ आँै र ४७ औँ मिनेटमा गोल गरेका थिए । तुर्केनीकका लागि जसु लिम्बूले ४१ औँ मिनेटमा गोल गरेपनि टिमको हार टार्न सकेनन् । तुर्केनीका रमेश क्षेत्रीले ३३ औँ मिनेटमा गरेको प्रहार पोष्ट भन्दा केही माथिबाट बाहिरियो । ४३ औँ मिनेटमा होक्सेका पुजन थापाको प्रहार बारमा लागेर फर्केको थियो । खेलको म्यान अफ द म्याच होक्सेका सागर रसाइलीले नगद १ हजार तथा ट्रफी प्राप्त गरे ।
प्रतियोगिताको विजेता टिमले नगद ५० हजार र उपविजेता टिमले नगद ३० हजारसहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् भने प्रतियोगिताको हरेक खेलको म्यान अफ द म्याचले नगद १ हजार प्राप्त गर्नेछन् । प्रतियोगिताको बेस्ट स्ट्राइकर, मिडफिल्डर, डिफेन्स, गोलरक्षक, हाइस्कोररले नगद २ हजारसहित ट्रफी मेडल पाउनेछन् ।
प्रतियोगिताको फाइनल खेल शनिबार काँकरभिट्टा फुटबल टे«निङ र होक्से युथ क्लबबीच हुने आयोजक समितिको खेल संयोजक भक्त गुरुङले जानकारी दिए ।

Leave a comment

Your email address will not be published. Required fields are marked *