२०८१ कार्तिक ६, २०:५८

अन्तिम दिन सबैलाई उपस्थितिको लागि पुन आग्रह: प्रअ नारायण न्यौपाने

मेचीनगर फागुन ३ – प्रथम चरणको कार्यक्रम सम्पन्न गरे सगै एक साता देखि हुँदै आएकाे बाल कल्याण स्वर्ण महोत्सव आज सकिदैछ।

आज दोस्रो दिनमा जग्गादाताहरू, पूर्व प्रधानाध्यापकहरू, विद्यालयका उत्कृष्ट शिक्षक, उत्कृष्ट विद्यार्थी लगायत सामाजिक व्यक्तित्वलाई सम्मान गर्ने साथै पुर्व विद्यार्थीहरुले समय दिईने, प्रधानध्यापक नारायण न्यौपानेद्वारा विद्यालयका प्रतिवेदन सार्वजनिक गर्ने र सहायक प्रअ धनराज पौडेलले स्मारिका सार्वजनिक गर्नेछन्।

कार्यक्रमको उद्घाटन झापा क्षेत्र नम्बर १ का संघीय सांसद तथा नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उद्घाटन गर्नु हुनेछ  प्रदेश सांसद गोपाल तामाङ, नगर प्रमुख गोपालचन्द्र बुढाथोकी, उपमेयर मिना उप्रेती,मेचीनगर ५ का वडाध्यक्ष कनक कार्की,नगर शिक्षा अधिकारी होमनाथ भण्डारी लगायतको आतिथ्यता हुनेछ।

बुधबार पहिलो दिन विद्यालयले वर्ष उत्कृष्ट शिक्षक सम्मान शिक्षक सन्तलाल माझिलाई प्रदान गरेको थियो भने वर्ष उत्कृष्ट अभिभावक सम्मान सीता निराैला भट्टराईले प्राप्त गर्नु भएको थियोे ।

आजकाे कार्यक्रम सहायक प्रअ राजिव गिरी र शिक्षिका तारा पुरीले सन्चालन  गर्नुहुनेछ।

 

 

 

अन्तिम दिन सबैलाई उपस्थितिको लागि पुन आग्रह: प्रअ नारायण न्यौपाने

प्रथम चरण कार्यक्रम सम्पन्न :बाल कल्याण स्वर्ण

Leave a comment

Your email address will not be published. Required fields are marked *