२०८१ कार्तिक ७, १२:५९
#छापाबाट #ब्रेकिङ न्युज

प्रथम चरण कार्यक्रम सम्पन्न :बाल कल्याण स्वर्ण महोत्सव

मेचीनगर, २ फागुन । मेचीनगर –५ स्थित बालकल्याण माध्यमिक विद्यालयले विविध कार्यक्रमका साथ बुधबारदेखि दुई दिवसीय स्वर्ण महोत्सव सुरु गरेको छ । २०३१ सालमा स्थापना भएको सो विद्यालयले ५० वर्ष पुगेको अवसरमा वर्ष उत्कृष्ट, शिक्षक, अभिभावक, विद्यार्थी र दाताहरुलाई सम्मान गर्दै स्वर्ण महोत्सव सुरु गरेको हो ।

बुधबार पहिलोदिन विद्यालयले वर्ष उत्कृष्ट शिक्षक र वर्ष उत्कृष्ट अभिभावकलाई सम्मान गरेको छ भने विद्यालयमा बिभिन्न माध्यमबाट आर्थिक सहयोग गर्ने दाताहरुलाई समेत सम्मान पत्र प्रदान गरिएको छ । कार्यक्रमलाई रोचक बनाउन विद्यार्थीहरुको एकल तथा सामुहिक नृत्य प्रस्तुत गरिएको थियो । विद्यालयले स्वर्ण महोत्सवको अवसरमा यस अघि साताब्यापी खेलकुदका कार्यक्रम समेत सम्पन्न गरेको थियो ।

विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष भूपेन्द्र गिरीको सभापतित्व तथा मेचीनगर– ५ का वडाध्यक्ष कनक बहादुर कार्कीको प्रमुख आतिथ्यमा आयोजित उद्घाटन कार्यक्रममा मेची कृषक बहुमुखी सहकारी संस्थाका अध्यक्ष हरि बुढाथोकी, विद्यालयको अक्षयकोषदाता ज्योती प्रकाश पाठक, विद्यालयका पूर्व ब्यवस्थापन समिति अध्यक्ष तिलकचन सुब्बा, विद्यालयका पूर्व प्रधानाध्यापक विष्णुनारायण श्रेष्ठ लगायतले बोलेका थिए ।

विद्यालयले वर्ष उत्कृष्ट शिक्षक सम्मान शिक्षक सन्तलाल माझिलाई प्रदान गरेको छ भने वर्ष उत्कृष्ट अभिभावक सम्मान सीता निराैला भट्टराईले प्राप्त गरिन् । विद्यालयले स्व.ओमनाथ ऋतुकुमारी स्मृति अक्षयकोषबाट सो सम्मान प्रदान गरेको हो । सम्मानित दुवैजनालाई नगद ५ हजार सहित सम्मान पत्रद्वारा सम्मान गरिएको थियो । उनीहरुलाई अक्षयकोषदाता भवानी शंकर पाठक, ज्योतीप्रकाश पाठक र नरेन्द्रकुमार पाठकले संयुक्त रुपमा सो सम्मान प्रदान गरेका थिए ।

स्वर्ण महोत्सवको अवसरमा बिभिन्न दाताहरुले विद्यालयलाई सहयोग समेत प्रदान गरेका छन् । विद्यालयमा दाताहरुबाटै स्वर्ण स्तम्भ निर्माण गरिएको छ भने सरस्वती माताको मन्दिर समेत निर्माण गरिएको छ । विद्यालयका सहायक प्रधानाध्यापक राजिव गिरीले स्वागत गरेको कार्यक्रमको सञ्चालन शिक्षक कुलमणि भण्डारी(राजेश)ले गरेका थिए । दोस्रो चरणको कार्यक्रम भोलि भब्य रुपमा सम्पन्न हुने विद्यालयका प्रधानाध्यापक नारायण प्रसाद न्यौपानेले जानकारी दिए ।

त्यसतै दोस्रो दिनकाे कार्यक्रम भने  पचासौंँ बर्षमा प्रवेश गरेको मुख्य दिनकाे रूपमा रहनेछ। उक्त दिन जग्गादाताहरू, पूर्व प्रधानाध्यापकहरू, विद्यालयका उत्कृष्ट शिक्षक, उत्कृष्ट विद्यार्थी लगायत सामाजिक व्यक्तित्वलाई सम्मान गर्ने साथै पुर्व विद्यार्थीहरुले समय दिईने, प्रधानध्यापक नारायण न्यौपानेद्वारा विद्यालयका प्रतिवेदन सार्वजनिक गर्ने र सहायक प्रअ धनराज पौडेलले स्मारिका सार्वजनिक गर्नेछन्।

कार्यक्रमको उद्घाटन झापा क्षेत्र नम्बर १ का संघीय सांसद तथा नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उद्घाटन गर्नेछन् भने प्रदेश सांसद गोपाल तामाङ, नगर प्रमुख गोपालचन्द्र बुढाथोकी, उपमेयर मिना उप्रेती,मेचीनगर ५ का वडाध्यक्ष कनक कार्की,नगर शिक्षा अधिकारी होमनाथ भण्डारी लगायतको आतिथ्यता रहनेछ ।

दोस्रो दिनकाे कार्यक्रम सहायक प्रअ राजिव गिरी र शिक्षिका तारा पुरीले गर्नुहुनेछ।

 

 

प्रथम चरण कार्यक्रम सम्पन्न :बाल कल्याण स्वर्ण महोत्सव

स्व. पवनकुमार खड्काको स्मृतिमा फागुन ४ गतेदेखि

प्रथम चरण कार्यक्रम सम्पन्न :बाल कल्याण स्वर्ण महोत्सव

अन्तिम दिन सबैलाई उपस्थितिको लागि पुन आग्रह:

Leave a comment

Your email address will not be published. Required fields are marked *