२०८१ कार्तिक ७, १५:१३
#ब्रेकिङ न्युज

वृन्दावनबाट झन्डिडाडा ईलामसम्मकाे पैदल यात्रा सम्पन्न

मेचीनगर। महेश सुवेदी-आफ्नो ठाउँ आफै बनाउनु पर्छ भनेर युवाहरुले मेचीनगरकाे स्थानिय पर्यटन स्थल वृन्दावन बाट राेङ गाउँपालिका झन्डिडाडा ईलाम सम्म पैदल यात्रा पूरा गरेका छन्।

स्थानिय युवाहरु सन्जय निराैला,एलिस पाैडेल र सञ्जिव निराैलाले मिति २०८०/१०/२७ बाट मेचिनगर ३ मा अवस्थित वृन्दावनबाट सुरु गरेर ईलामको झन्डिडाडा पुगि  भोलिपल्ट बिहान फेरि झन्डिडाडा बाट बृन्दाबन सम्म यात्रा गरेर समाजमा सकरात्मक सन्देश पुर्याउनु भएको छ।

पैदल यात्राले भोलिकाे दिनमा यस ठाउँकाे विकासमा सकारात्मक भुमिका खेल्ने छ र याे पैदल यात्रा महिनामा एकपटक वृन्दावनबाट अन्य बाहिरका पर्यटकिय स्थलसम्म गरिनेछ र बिस्तारै हाम्राे नगरमा वृन्दावन नाम चर्चामा  र सराेकारवाला सबैकाे ध्यान जानेछ भन्ने कुरामा विश्वास रहेको कुरा मेची प्रेस सगको कुराकानी मा यात्री एलिस पौडेलले बताउनु भयो।

Leave a comment

Your email address will not be published. Required fields are marked *