२०८१ जेष्ठ १२, ०२:०१

‘फेरि भेट होला कि नहोला दिलकुमारी गुडबाई’लेखेर युवकद्वाराआत्महत्या

झापा । फेब्रुअरी ७ देखि भ्यालेन्टाइन सप्ताह शुरु भएको छ । आज भ्यालेन्टाइन सप्ताहको छैटौँ दिन अर्थात् ‘हग डे’का दिन प्रेमी प्रेमिकाहरू अंकमालमा झुमिरहँदा एक जना व्यक्तिले आत्महत्या गरेर आफ्नी श्रीमतीसँगको गहिरो मायालाई दुःखद अन्त्य गरेका छन् ।

ताप्लेजुङ सिरिजंगा गाउँपालिका- ६ घर भई बिर्तामोड- ३ मा डेरा गरी बस्ने ३१ वर्षीय सन्तोष माबो लिम्बू ‘फेरि भेट होला कि नहोला दिलकुमारी गुडबाई’लेखेर आत्महत्या गरेका हुन् । बिर्तामोड नगरपालिका– १० स्थित पश्चिम बिराटपोखरको साहिमा चोकस्थित नयाँ जग्गा प्लटिङमा रहेको सानो टहरामा बिहान ८ बजे उनी झुन्डिएको अवस्थामा फेला परेका थिए । झुन्डिएको टहराको भित्तामा उनले आफ्नी श्रीमती कुमारीलाई अन्तिम विदाईका शब्दहरू लेखेका थिए ।

मृतक लिम्बूले भारतको सिक्किमबाट कुमारीलाई भगाएर ल्याएको बताइएको छ । उनले के कारणले आत्महत्या गरे भन्ने खुल्न नसकेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डिएसपी सुरज कार्कीले बताए । मृतकको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको जनाइएको छ ।  sources times of pradesh

‘फेरि भेट होला कि नहोला दिलकुमारी गुडबाई’लेखेर युवकद्वाराआत्महत्या

मेचीनगरमा अलपत्र बन्यो बहुआयामिक संग्रहालय

Leave a comment

Your email address will not be published. Required fields are marked *