२०८१ कार्तिक ७, ०२:२८

जग्गाको स्वामित्व हस्तान्तरण गर्न राष्ट्रिय आवास कम्पनी बाधक बन्न हुदैन : मन्त्री गुरुङ

मेचीनगर । संघीय शहरी विकासमन्त्री सीता गुरुङले मेचीनगरका सार्वजनिक, संस्थागत र व्यक्तिगत जग्गाको स्वामित्व हस्तान्तरण गर्न राष्ट्रिय आवास कम्पनी बाधक बन्न नहुने बताएकी छन् ।

शुक्रवार मेचीनगर नगरपालिका र राष्ट्रिय आवास कम्पनीबीचको छलफल तथा अन्तक्र्रिया कार्यक्रमको प्रमुख अतिथि रहेकी गुरुङले जीएमको नियुक्तिमा ढिलाई हुँदा काम अघि बढ्न नसकेको बताइन् ।

अन्तक्र्रियामा उनले सबै विषयवस्तु स्थलगतरुपमै बुझ्न आएको बताउँदै भन्ने र वास्तविकता फरक हुने भएकाले हतारमा निर्णय गरेर पछुताउनुभन्दा कानूनी जटिलता हेरेर आवश्यक कागजात पुर्याएर सो विषयमा थप अध्ययन गरेर कार्यान्वयनमा अघि बढ्ने बताइन् ।

“सार्वजनिक सम्पतिको संरक्षण गर्ने दायित्व राष्ट्रिय आवास कम्पनीको हो” उनले भनिन्, “यहाँको विषयमा हामी संवेदनशील छौं ।”

सो विषयमा छलफल गर्न विषयको गाम्भीर्यतालाई लिएर काँग्रेस संसदीय दलको कार्यालय झम्सीखेल हुँदै आफू मेचीनगर आएको मन्त्री गुरुङले बताइन् । कोशी प्रदेशको ठूलो आर्थिक केन्द्रको रुपमा रहेको नगरलाई व्यवस्थित बनाउन लागीपर्ने उनको भनाई थियो । source.janasamsad

जग्गाको स्वामित्व हस्तान्तरण गर्न राष्ट्रिय आवास कम्पनी बाधक बन्न हुदैन : मन्त्री गुरुङ

घटना रहस्यमय भएपछि सडकबाट उठाइएका शव पुनः

Leave a comment

Your email address will not be published. Required fields are marked *