२०८० फाल्गुन ९, ०७:२१
#ब्रेकिङ न्युज

आज देखि विपन्न परिवारलाई न्यानो कपडा बितरण सुरु

भृकुटी,माघ १२- १०१ समुहले आज देखि कपडा बितरण कार्यक्रम सुरु गरेको छ।

आज बिहान दुर्गा मन्दिर टोल र तितिरी चोकलाई केन्द्र बनाएर १७ जना विपन्न परिवारलाई न्यानो कपडा बितरण गरेको हो।

विहान भएको कार्यक्रममा १०१ समुहका सल्लाहकार समितिका संयोजक तथा अभियन्ता गोपि रिजालले राम्रो कामको थालनी भएकोमा खुशी व्यक्त गर्नुभएको थियो भने समुहका अध्यक्ष बिदात गिरीले ले यदि सबैले सहयोग गरेको खण्डमा यो समूहले अझै धेरै राम्रा कामहरु गर्ने बताउनु भएको थियो।

भृकुटी बजारमा अवस्थित अस्थाई प्रहरी चौकीमा साइन बोर्ड नभएर नागरिकहरुले समस्या बेहोर्नुपरेको तथ्यलाई मध्यनजर गरेर १०१ समूहले प्रहरी चौकीमा बोर्ड समेत राखेको विषय समुहका महासचिव प्रविन चापागाईंले जानकारी दिदै कसैले निस्वार्थ सहयोग गर्न चाहेमा सहयोग गरिदिन पनि अपील गर्नुभयाे।

 

समुहका महासचिब प्रबिन चापागाईंले संचालन गरेको कार्यक्रममा समुहका त्रियाशिल सदस्य गोपाल दाहाल र समुहका प्रबक्ता तथा मेची प्रेसका पत्रकार महेश सुवेदी लगायतकाे उपस्थिति रहेको थियो।

आज देखि विपन्न परिवारलाई न्यानो कपडा बितरण  सुरु

गजल ”मलाई दुखले रुवाउछ पिरले रुवाउछ”

Leave a comment

Your email address will not be published. Required fields are marked *