२०८१ कार्तिक ७, १५:०८
#खेलकुद #ब्रेकिङ न्युज

यलम्बर एफसी र थन्डर्स एफसी ‘बी’ क्वाटरफाइनलमा

मेचीनगर । प्रथम टोकला नकआउट फुटबल प्रतियोगितामा यलम्बर एफसी र थन्डर्स एफसी ‘बी’ क्वाटरफाइनल प्रवेश गरेका छन् ।
बिहीबारको पहिलो खेलमा एफ.एफसीलाई ४–३ गोल अन्तरले पराजित गर्दै यलम्बर एफसी विजयी बनेको हो । एफ.एफ.सीका लागि आकाश क्षेत्रीले २ र विशाल राईले १ गोल गरे भने यलम्बर एफसीका तर्फबाट म्यान अफ द म्याच घोषित विनम तामाङले ३ र जुसाङ नेम्बाङले १ गोल गरेका थिए ।
प्रतिष्पर्धात्मक दोश्रो खेलमा आयोजक ‘बी’ ले नर्थ प्वाइन्ट एफसीलाई २ का विरुद्ध ३ गोल गर्दै विजयी बनेको थियो । आयोजकका तर्फबाट म्यान अफ द म्याच घोषित पुरन मगरले दुई गोल र अजय तामाङले एक गोल गरेका थिए भने नर्थ प्वाइन्टका तर्फबाट अभिषेक श्रेष्ठ र दिनेश मुर्मुले एक–एक गोल गरेका थिए ।
थन्डर्स स्पोर्टिङ क्लबको आयोजनामा भएको प्रतियोगिता माघ २० गतेसम्म हुनेछ । प्रतियोगिताको विजेताले नगद ३० हजार हात पार्नेछ भने उपविजेताले २० हजारसहित ट्रफी र मेडल प्राप्त गर्नेछन् ।
भोलिको पहिलो खेल सलकपुर एफसी र कलेक्सन एफसी र दोश्रो खेल डिवाईसी र श्रीजङ्गा एफसीबीच हुने अध्यक्ष पूर्ण मगरले जानकारी दिए ।

Leave a comment

Your email address will not be published. Required fields are marked *