२०८१ भाद्र २९, ०६:२६

चारआली सांस्कृतिक महोत्सव–२०८०’  बिधिवत् रूपमा सुरू

मेचीनगर । मेचीनगर-१३ चारआलीमा ‘चारआली सांस्कृतिक महोत्सव–२०८०’  बिधिवत् रूपमा सुरू भएकाे छ ।

आयोजक टासी फुन छोग् छोई खोरलिङ गुम्बा मेचीनगर-१३ चारआली र सहआयोजक चारआली जेसिजले औपचारिक कार्यक्रम गरेर महोत्सव सञ्चालनमा ल्याएका हुन् ।

प्रमुख अतिथि प्रदेशसभा सदस्य सविना बजगाईंले महोत्सवको उद्घाटन गरिन् ।

बौद्ध धर्म मान्ने शेर्पा, गुरुङ, तामाङ, मगर लगायत समुदायको सामुहिक सहभागिता रहने महोत्सवअन्तर्गत माघ २० गते भव्य सांस्कृतिक कार्यक्रमसहित सडक महोत्सव हुने गुम्बाका सचिव सोनमसिंह तामाङले बताए ।

महोत्सवमा सांस्कृतिक कार्यक्रमका साथै जातीय पहिरन प्रदर्शन गर्दै स्थानीय पर्यटन र कलाको प्रवर्धन गर्ने उद्देश्य लिइएको सहआयोजक चारआली जेसिजका अध्यक्ष भोजराज पराजुलीले बताए ।

गुम्बाका अध्यक्ष फुर्वा लामाले चारआलीमा १२ वर्षपछि राष्ट्रियस्तरको महोत्सव हुन लागेको जानकारी दिए ।

अध्यक्ष लामाका अनुसार महोत्सवमा भारतीयसहित नेपाली राष्ट्रिय कलाकारले प्रस्तुति दिने छन् ।

भारतीय रियालिटी शो सारेगमप लिल च्याम्स सिजन ९ की विजेता सिक्किमकी जेसेन डोह्ना लामा महोत्सवमा आउने छिन् ।त्यस्तै, नेपालका चर्चित गायकहरु सविन राई, राजेशपायल राई, एलिना चौहान, ज्योति मगर लगायतले महोत्सवमा सांगीतिक प्रस्तुति दिने छन् ।

टासी फुन छोग् छोई खोरलिङ्ग गुब्वा चारआलीका अध्यक्ष फुर्वा लामाको अध्यक्षतामा भएको कार्यक्रमलाई चारआली जेसिजका अध्यक्ष भोजराज पराजुलीले संयोजन गरेका थिए । । उद्घाटन कार्यक्रमको सञ्चालन चारआली जेसिजका कार्यकारी उपाध्यक्ष विवेक सुन्दासले गरेका थिए ।

चारआली सांस्कृतिक महोत्सव–२०८०’  बिधिवत् रूपमा सुरू

झापामा केराखेतीतर्फ किसानको आकर्षण

Leave a comment

Your email address will not be published. Required fields are marked *