२०८१ कार्तिक ६, १६:३६

भूकम्पमा परी मृत्यु हुनेको संख्या १२७ पुग्यो चीनमा

चीनको उत्तरपश्चिमी क्षेत्रमा गएको भूकम्पमा परी कम्तीमा १२७ जनाको मृत्यु भएको छ। ​

भूकम्पमा २०० बढी घाइते भएको चिनियाँ सञ्चार माध्यम ग्लोबल टाइम्सले जनाएको छ।

उत्तर–पश्चिम गान्सु प्रान्तमा ६ दशमव २ म्याग्निच्युडको भूकम्प गएको हो।

गान्सुसँगै छिमेकी प्रान्तका भवनहरूमा पनि क्षति पुगेको छ। भूकम्पका कारण केही भागमा विद्युत र खानेपानी आपूर्ति पनि अवरुद्ध भएको छ।

उद्धार कार्य जारी रहेको छ।  केन्द्र सरकारले स्थानीय आपतकालीन कर्मचारीहरूलाई सहयोग गर्न उद्धारकर्मीहरूको टोली पठाएको छ।

पुष ४ गते बुधवारको राशिफल

Leave a comment

Your email address will not be published. Required fields are marked *