२०८१ कार्तिक ६, १४:३३

गायक तथा अभिनेता प्रकाश सपुत फेरि विवादमा

काठमाडौं :  गायक तथा अभिनेता प्रकाश सपुत फेरि विवादमा परेका छन्।

सपुत र मोडल जुना विश्वकर्मा वसन्तपुरको कुमारी घर नजिकैको इनारमाथि उभिएर नाचेका छन्। कुमारीको मुख धुन र स्नान गराउन उक्त इनारको पानी प्रयोग गर्ने ठाउँमा उनीहरू नाचेपछि आलोचना भइरहेको छ। आपत्तिजनक मानेका दृश्य सम्पादन गरेर सपुतले पुन भिडियो अपलोड गरेका थिए।

कलाकारहरूले नेवा:सभ्यता र संस्कृतिमाथि अपमान गरेको सामाजिक सञ्जालमा टिप्पणी भइरहेको छ।

 

Leave a comment

Your email address will not be published. Required fields are marked *