२०८१ कार्तिक ६, १०:०५

विप्लवविरुद्ध पक्राउ पुर्जीले तरङ्ग : के भन्छन् दलका नेताहरू ?

काठमाडौँ । सोमबार नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’सहित शीर्ष नेताहरूविरूद्ध काठमाडौँ जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेपछि त्यसले ठूलै राजनीतिक तरङ्ग उत्पन्न भएको छ ।

काठमाडौँ जिल्ला अदालतमा विप्लवसहितका नेताहरूविरूद्ध २०७६ असोज ९ गते राज्यविरुद्धको कसुरमा मुद्दा दायर भएको थियो । अदालतको मङ्सिर १० गतेको आदेश अनुसार ३५ दिने पुर्जी जारी भएपछि राजनीतिक तरङ्ग निम्तिएको हो । पक्राउ पुर्जी जारी भएको विषयलाई माओवादी घटकहरूले फेरि शान्ति प्रक्रिया बिथोल्न खोजेको हो कि भन्ने आशङ्का गरेका

प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरूद्ध यसअघि दायर भएको द्वन्द्वकालीन मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ । अर्कातिर लामो समय राजनीतिक सहमति नहुँदा संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संसदमा अल्झिएर बसेको छ । यस्तो अवस्थामा एकपछि अर्को द्वन्द्वकालीन मुद्दा दर्ता गरी अदालतले आवश्यक प्रक्रिया अगाडि बढाएपछि प्रधानमन्त्री प्रचण्डसहित पूर्वमाओवादी नेताहरू झस्किएका छन् ।

विप्लवसहित नेकपाका नेताविरुद्ध पक्राउ पुर्जी जारी भएकोमा प्रधानमन्त्री प्रचण्डले असन्तुष्टि जनाएका छन् । सोमबार दिउँसो प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा मूलधारका सम्पादकसँगको छलफलमा उनले असन्तुष्टि पोखेका हुन् ।ratopati

गायक तथा अभिनेता प्रकाश सपुत फेरि विवादमा

Leave a comment

Your email address will not be published. Required fields are marked *