चारआलीको नालीमा भेटिएका मृतक भद्रपुरका अभिलाल राजवंशी
झापाको मेचीनगरस्थित चारआलीमा नालीमा मृत फेला परेका व्यक्तिको पहिचान खुलेको छ ।
सो शव भद्रपुर नगरपालिका ९ घोडामारा बस्ने अन्दाजी ५५ वर्षीय अभिलाल राजवंशीको भएको उनकी श्रीमती सरला राजवंशी र छोरा महेश राजवंशीले प्रादेशिक अस्पताल भद्रपुरमा गएर पहिचान गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
मेचीनगर– १३ पुरानो आइतबारे हटियास्थित बाटो छेउको पूर्वपट्टिको नालीमा राजवंशी हिजो मृत फेला परेका हुन् ।