२०८१ कार्तिक ६, १४:२६

१८ वटा युट्युब च्यानललाई कारबाही गर्न सिफारिश

काठमाडौँ : प्रेस काउन्सिल नेपालले दर्ता/सूचीकरण नभई अफवाहपूर्ण सामग्री सम्प्रेषण गर्ने थप १८ वटा युट्युब च्यानललाई कारबाही गर्न सिफारिश गरेको छ।

निराधार, अफवाहपूर्ण, अतिरञ्जितसहितको शीर्षक दिएर जनमानस भ्रम फैलाउने,  कुरीति एवं अन्धविश्वासलाई प्रश्रय दिने, अमर्यादित, अश्लील सामग्री सम्प्रेषण गरी आचारसंहिता उल्लङ्घन गर्नेमाथि कारबाही प्रक्रिया अघि बढाइएको हो।

मिडियाअन्तर्गत आबद्ध नभएका सामाजिक सञ्जाल (युट्युब च्यानल) बाट सम्प्रेषित सामग्रीको अनुसन्धान गरी कारबाही गर्न नेपाल प्रहरी (साइबर ब्युरो)मा पत्राचार गरिएको  काउन्सिलका सह-प्रशासकीय अधिकृत रामशरण बोहराद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

सुन तोलाको एक लाख २० हजार ८

सबै विश्वकर्मालाई कसरी ‘कामी’ बनाइयो ?

Leave a comment

Your email address will not be published. Required fields are marked *