२०८० फाल्गुन ९, ०८:०१

सबै विश्वकर्मालाई कसरी ‘कामी’ बनाइयो ?

झापा । गतबर्ष केही अपमानित नामहरुको खबर निकै चर्चामा आयो । खबर थियो दैलेखका एक व्यक्तिको नाम कुकुर कामी लेखिएको नागरिकताको ।

यसपछि केही राष्ट्रियस्तरका सञ्चारमाध्यमले दैनिक रुपमा अपमानित नामहरुको बिषयमा प्रमुख समाचार बनाउदैँ गर्दा अपमानित नाम सच्याउन पाउने गरी सरकारले निर्देशन जारी ग-यो । तर समस्या अझै समाधान भएको छैन् ।

अपमानित नामको समस्या बैतडीलगायत सुदुरपश्चिमका पहाडी जिल्लाहरुमा कायम रहेको छ । दलित तथा पिछडिएको समुदायका व्यक्तिहरुको नाम समाजमा होच्याउने आधारमा राखिएको छ ।

बैतडीको पञ्चेश्वरका एक व्याक्ति आफ्नो वास्तविक नाम ‘धुकुडे’ भएको बताउँछन् । तर उनको नागरिकताको नाम भने “कुकुरे भूल” रहेको छ । उनलाई नाम सोधिने ठाउँहरुमा धुकुडे नै बताउने गरे पनि नागरिकता देखाउनुपर्ने ठाउँमा भने कुकुरे नाम नै लेखिन्छ ।

जिल्लाको पञ्चेश्वर गाउँपालिका–०६ की एक महिलाको नाम ‘सुकुट्टी कमिनी’ छ । उनको वास्तविक नाम सिता लुहार हो । तर गाउँमा होच्याउने व्यक्तिहरु उनलाई सुकुट्टी भन्दथे । जब वि.स.२०३६ मा अस्थायी नागरिकता बनाउन पुगिन् । उनको नागरिकताको नाम नै सुकुट्टी कायम भयो ।

दार्चुलाको शैल्यशिखर नगरपालिका–०७ खोल्सीका ‘रावण कामी’ को कुरा गरौँ । उनको वास्तविक नाम अमरसिंह लुहार हो । तर रामायणका रावणलाई धु्रत, अहंकारी दानवका रुपमा प्रस्तुत गरिने हुदाँ अमरको नाम रावण बनाइयो ।

यसैगरी बैतडीको पाटनका प्रताप लोहारको वास्तविक नाम बिगारेर ‘झुल्या’ बनाइएको छ । उनि भन्छन् मेरो वास्तविक नाम प्रताप हो, तर म ५बर्षको छदाँ मुल्या(बुवा गुमाएको टुहुरो) हुनपुगे । त्यसपछि सबैले मलाई सबैले हेपेर मुल्या भन्न थाले । अन्ततः नागरिकतामा समेत मुल्यालाई अलिकति सुधार गरेर झुल्या बनाइएको हो ।

बैतडीको दशरथचन्द नगरपालिका–०४का एक दलितले छोराको नाम नारायण राखेको भोली पल्टै उपल्लो थरकी महिला उनको घरमा पगेर थर्र्काउदैँ भनिन् “हामीले हरेक विहान भगवानको नाम पुकार्दै नारायण भन्दै बत्ति बाल्ने गर्छौँ तैले आफ्नो छोराको नाम नारायण राख्ने ? अहिलेनै नाम बदल्नुपर्छ ।” यसरी ति नारायणलाई केहि व्याक्ति बाहेक अन्यले हेपाहा नाम ‘ढाडे बिरालो’ भनेर बोलाउछन् ।

यसरी बने अपमानित नामका नागरिकता
वि.स.२०३६ सालमा अस्थाई नागरिकता सिविर चल्यो । उतिबेला घरका सबै सदस्यहरुको विवरण खुलाउने गरि हस्तलिखित रुपमा एउटै फर्ममा विवरण भरेर नागरिकताकै सरह प्रदान गरियो ।

उतिबेला सिविर टोलीमा सहभागी अधिकारीले मान्छेको मुख हेर्दै नाम राखिदिए । अझ दलित समुदायको आर्थिक रुपले कमजोर मान्छे नागरिकता बनाउन आएमा उनिहरुको नाम त जे पायो त्यहि राखियो । फेरी ०४६ सालमा नागरिकता सिविर चल्यो यसबेला पुरानै संयुक्त नागरिकताका आधारमा स्थाई नागरिकता दिइयो ।

बैतडीका बरिष्ट सामाजिक अभियन्ता तथा पुर्व सभाषद पुरन सिंह दयाल भन्छन्,“०३६ सालमा अस्थाई नागरिकता सिविरमा आएका पुर्वि जिल्लाका टोली प्रमुखले विश्वकर्मा थरका सबै व्यक्तिको नाम कामी बनाइदिएको छ ।” उनले भने, “सुदूरपश्चिममा विश्वकर्मालाई कामी भन्ने चलन थिएन्, यहाँका व्यक्तिले लोहार, वड, टमाटा, महर, कोली, पार्की लगायत पेषा अनुसार विभिन्न थरहरु राख्दथे ।

तर उतिबेला नागरिकता बनाउन आएका टोली प्रमुख पुर्वका व्यक्ति परेछन् र उनले सबैको थर कामी राखिदिए । कामीको अर्थ काम गरिखाने व्यक्ति हुनुपर्ने हो । केही न केही काम गरिखाने त ब्राह्मण, क्षेत्री वा ठकुरी सबै पर्छन तर होच्याउने आधारमा दलित समुदायको विश्वकर्मा थर अन्तरगत पर्ने व्यक्तिहरुलाई “कामी” बनाइनु हेपाहा प्रवृती हो ।” यसरी विश्वकर्मा थरका पुरुषलार्ई कामी र महिलालाई कमिनी राख्ने ति टोली प्रमुख जहाँ भएपनि पत्ता लगाई कारवाही गर्नुपर्ने उनको माग छ ।

दैलेखका केहि दलितहरुको नाम हेपाहा प्रवित्तिले राखिएकाले सच्याउन सरकारले निर्देशन जारी गरेपनी अझै कानुन बनेको छैन् ।

बैतडीका प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीले भने,‘नाम सच्याउने कानुन अझै बनेको छैन् । तर कसैले नाम परिवर्तन गर्न आएमा हामी गृह मन्त्रालयमा विवरण पठाएर नाम सच्याउने प्रकृयामा जान्छौँ । तर हेपाहा प्रवित्तिका नामहरु सुधार गर्ने कानुन बनेको छैन् । केहि नामहरु सच्याइए भन्ने कुरा हामीले पनि समाचारमै सुनेका हौँ ।’

source: सीपी लोहिया

सबै विश्वकर्मालाई कसरी ‘कामी’ बनाइयो ?

मंसिर १८ गते सोमवारको राशिफल

Leave a comment

Your email address will not be published. Required fields are marked *