२०८१ कार्तिक ६, १४:०४

बेहुलाद्वारा बेहुलीसहित चार जनाको हत्या

बैंकक । थाइल्यान्डमा एक व्यक्तिले आफ्नै विवाहमा बेहुलीसहित चार जनालाई गोली हानी हत्या गरेका छन् । एक थाई प्याराएथलीट र पूर्व सैनिकले आफ्नो विवाहमा आत्महत्या गर्नुअघि आफ्नी दुलही र अन्य तीनलाई गोली हानेका हुन् ।

प्रहरीका अनुसार २९ वर्षीय चतुरोङ सुक्सुक र ४४ वर्षीया कञ्चना पचुन्थुकले शनिबार उत्तरपूर्वी थाइल्याण्डमा विवाह गरेका थिए । मिडिया रिपोर्टका अनुसार चतुरोङ अचानक आफ्नो विवाह समारोह छोडेर बन्दुक लिएर फर्किएका थिए । त्यसपछि उनले श्रीमती, ६२ वर्षीया आमा र ३८ वर्षीया बहिनीलाई गोली हाने । घटनामा अन्य दुई पाहुनालाई पनि गोली लागेको थियो । उनीहरूलाई अस्पताल लगे पनि एक जनाको उपचारको क्रममा मृत्यु भएको थियो ।

चतुरोङ र कञ्चना बिहे गर्नुअघि तीन वर्ष सँगै बसेका थिए । चतुरोङले गत वर्ष इन्डोनेसियामा सम्पन्न आसियान पारा खेलकुदमा पौडीमा रजत पदक जितेका थिए । उनले अर्धसैनिक लाइट फोर्समा पनि सेवामा रहँदा दाहिने खुट्टा गुमाएका थिए ।

 

´लैंगिक हिंसा विरूद्धको १६ दिने अभियान सुरू

Leave a comment

Your email address will not be published. Required fields are marked *