२०८१ कार्तिक ६, १०:०५

´लैंगिक हिंसा विरूद्धको १६ दिने अभियान सुरू

झापा, ११ मंसिर । झापाको मेचीनगर नगरपालिकाले ´लैंगिक हिंसा विरूद्धको १६ दिने अभियान` भव्य कार्यक्रमका बिच सुरू गरेको छ आज बिहान नेपालको पुर्वी नाका स्थित काँकरभिट्टामा जनप्रतिनिधि, कर्मचारी, नगर क्षेत्रका सक्रिय संघसंस्था, विद्यार्थी, सञ्चारकर्मी, नेपाल प्रहरी, शसस्त्र प्रहरी, नगर प्रहरीलगायतको उल्लेख्य सहभागीतामा विभिन्न नारा, प्लेकार्ड सहित र्यालि पश्चात् कोण सभा गरेर नगरपालिकाले´लैंगिक हिंसा विरूद्धको १६ दिने अभियान` सुरू गरेको हो ।

अभियानको सुरूवात गर्दै नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले कानुनले बर्जित गरेको कुनै पनि कार्य सचेत नागरिकले गर्न नहुने बताए । उनले पछिल्लो समय विभिन्न लैंगिक हिंसाका घटनाहरू बढ्दै गइरहेको बताउँदै त्यसलाई निराकरण गर्न सबै लाग्नुपर्ने बताए ।

कार्यक्रममा उपप्रमुख मीना पोख्रेल उप्रेतीले जुनसुकै कारणले भएपनि लैंगिक हिंसा घटाए पनि त्यो कानुनी दायरामा ल्याएर छाड्ने बताइन् । उनले मेचीनगर क्षेत्रमा पनि विभिन्न प्रकृतिका लैंगिक हिंसाहरू घट्ने गरेको भएता पनि अब त्यसलाई निर्मुल पार्न आफुहरू लागि परिरहेको बताइन् । उनले नगरपालिकाले लैंगिक हिंसा विरूद्ध विभिन्न कार्यक्रमहरू अगाडि बढाइएको जानकारी दिइन् ।

बरिस्ठ प्रशासकीय अधिकृत अनन्त प्रकाश वस्तीले सञ्चालन गरेको कार्यक्रममा मेचीनगर कार्यपालिका सदस्य हृदय राजवंशी, मेचीनगर ८ का वडाध्यक्ष गिरीराज धमला, मेचीनगर न्यायिक समिति सदस्य तथा मेचीनगर-८ वडा सदस्य कुन्दन निरौलालगायत सयौंको संख्यामा जनप्रतिनिधि, कर्मचारी, नगर क्षेत्रका सक्रिय संघसंस्था, विद्यार्थी, सञ्चारकर्मी, नेपाल प्रहरी, शसस्त्र प्रहरी, नगर प्रहरीलगायतको सहभागीतामा रहेको मेचीनगर महिला विकास अधिकृत जयन्ती खरेलले जानकारी दिइन् ।

No description available.

मंसिर ११ गते सोमबारको राशिफल

´लैंगिक हिंसा विरूद्धको १६ दिने अभियान सुरू

बेहुलाद्वारा बेहुलीसहित चार जनाको हत्या

Leave a comment

Your email address will not be published. Required fields are marked *