२०८२ असार २०, १५:४२
#कोशी #ब्रेकिङ न्युज #शिक्षा

स्वाभिमान खवासको जन्मदिनमा मेची आधारभूतका ६५ विद्यार्थीलाई हाउस ड्रेस वितरण

नकलबन्दा । सन्तोष र सिर्जना खवासले आफ्नो छोरा स्वाभिमान खवासको जन्मदिनको अवसरमा सामाजिक उत्तरदायित्व निर्वाह गर्दै श्री मेची आधारभूत विद्यालयका बाल कक्षादेखि कक्षा ५ सम्म अध्ययनरत ६५ जना विद्यार्थीलाई हाउस ड्रेस (स्कूल युनिफर्म) प्रदान गरेका छन् ।
उनीहरूले हरेक वर्ष छोराको जन्मदिनको अवसरमा समाजसेवामूलक काम गर्दै आएका छन् । यसैक्रममा यस वर्ष पनि स्वाभिमानको जन्मदिन विशेष बनाउन विद्यालयमा अध्ययनरत साना नानीहरूलाई नयाँ लुगा उपहारस्वरूप प्रदान गरिएको हो ।
खवास परिवारको यो कार्यप्रति विद्यालयका शिक्षक, अभिभावक तथा विद्यार्थीहरूले आभार व्यक्त गरेका छन् । यस्ता कार्यले बालबालिकामा खुसी र प्रेरणा दिने विश्वास गरिएको छ । यस अवसरमा नानी स्वाभिमान खवासलाई दीर्घायु, उत्तम स्वास्थ्य, उन्नति र प्रगतिको हार्दिक शुभकामना व्यक्त गरिएको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *