झापामा १८ अर्ब हुण्डी कारोबारीसँग प्रहरी अधिकृतको ‘कनेक्सन’
पुजन घिमिरे
झापा । केही दिन अघि झापाको धुलाबारीबाट पक्राउ परेका अर्वौ रुपँयाको हुण्डी कारोबारीहरुसँग प्रहरी अधिकृतहरुकै सोझो समबन्ध रहेको फेला परेको छ । मेचीनगर– १० धुलाबारीमा ब्यापारको आवरणमा हुण्डी कारोबार चलाउँदै आएका केही अभियुक्तसँग नेपाल प्रहरीका एसपीसम्मको सोझो सम्बन्ध रहेको पाइएको हो ।
एकसाता अघि नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोले धुलाबारीमा गिफ्टोरियम नामक पसल मार्फत आयात निर्यातको कारोबार गर्दै आएका अनुज मारु, कबिस मारु, निर्मल राई, दिपेन्द्र खड्का ,महेश पौडेल , अंकित अग्रवाल र सुनिल राईलाई नियन्त्रणमा लिएको थियो । त्यसमध्ये अनुज मारु भन्ने ब्यक्तिसँग नेपाल प्रहरीका उच्च अधिकृतको सोझो सम्बन्ध रहेको र त्यसकै आडमा उनिहरुले हुण्डीजस्तो गैहकानुनी काम गर्ने गरेको खुलेको छ ।
मारुको नेपाल प्रहरीका हालका एसपी बिपिन रेग्मी, डिएसपीत्रय राकेश थापा, नरहरी अधिकारी र सुवास बुढाथोकीसँग बिषेश सम्बन्ध रहेको धुलाबारीका एक ब्यापारीले वताएका छन् भने उनिहरुको सामिप्यता पुष्टि नै गर्ने तस्बिर समेत फेला परेको छ । स्मरण रहोस् एसपी रेग्मी साथै डिएसपीद्धय अधिकारी र बुढाथोकी इन्सपेक्टर हुँदाका बखत यसअघि नै इलाका प्रहरी कार्यालय धुलाबारीका इन्चार्ज भइसकेका प्रहरी अधिकृत हुन् । त्यस्तै हालका डिएसपी राकेश थापा धुलाबारीका इन्चार्ज र जिल्ला प्रहरी कार्यालयमा डिएसपीका रुपमा जिम्मेबारी सम्हालिसकेका ब्यक्ति हुन् ।
प्रहरी स्रोतका अनुसार डिएपी थापा र अन्य प्रहरी अधिकृतहरु झापा आएका बेला समेत यिनै मारुकै घरमा बस्ने गरेका थिए । त्यस्तै उनिहरु मारुकै खर्चमा बिभिन्न स्थान घुम्न गरेका थिए । झापाकै एक पत्रकारका अनुसार डिएसपी थापाले मारुकै खर्चमा चिनको समेत भ्रमण गर्न भ्याईसकेका छन् । यसबाट पक्राउ परेकाहरुको प्रहरीसँगको निकटता प्रष्टिएको छ । यस्तै पक्राउ परेका अनुज मारुसँग भारतिय आधारकार्ड र ४ वटा भारतीय नम्बरप्लेटका साना सवारी समेत रहेको बुझिएको छ ।
यता, मारुसहित पक्राउ परेकाहरुलाई सीआइबीको टोलीले काठमाडौँ लिएर गएको बुझिएको छ । तर, पक्राउ परेको यतिका दिन बितिसक्दा समेत सिआईबिले औपचारिक जानकारी दिएको छैन । पक्राउ परेकाहरूले अवैध कारोबार गरी नेपालमा ठूलो परिमाणमा रकम परिचालन गरेको प्रहरीले जनाएको छ ।
उनिहरुले करिब १७ अर्ब ८६ करोड ७० लाख रुपैयाँभन्दा बढी अवैध कारोबारको प्रमाण भेटिएको श्रोतले बतायो । उनिहरुमाथि अदातबाट म्याद थपेर अनुसन्धान भईरहेको बुझिएको छ । यता हुण्डी काराेबारीहरुसँग घाँटी जाेडिएका प्रहरी अधपकारीहरुमाथि कुनै छानबिन शुरु नगरिएकाे सिआईबि स्राेतले बताएकाे छ ।